Powered by Blogger.
अख्तियारको चासोपछि हिनामिना रकम असुल

गत वर्ष जिल्लामा यार्सा सङ्कलनबाट उठेको रु एक करोड आठ लाखमध्ये हिनामिना भएको ६० लाख रुपैंयाबारे अख्तियारको मध्यपश्चिम टोलीले चासो लिएपछि  ३० लाख रुपैँया जिल्ला प्रशासन कार्यालयको रोहवरमा असुल भएको छ ।

यार्साको राजस्व हिनामिनाबारे अख्तियार टोलीले चासो लिए पछि तत्कालीन सङ्कलन टोली प्रमुख एवम् मुगु गाविस सचिव मकर रावललाई आइतबार जिल्ला प्रशासन कार्यालयमै उपस्थित गराएर हिनामिनामध्ये रु ३० लाख असुल गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । । बाँकी रु ३० लाख पनि चाँडै असुल गर्ने प्रजिअ रेग्मीले बताए । मुगु जिल्लामा यार्सा टिप्न आउने जिल्लाकै स्थानीय जनता र बाहिरबाट आएका सङ्कलकबाट प्रवेश शुल्कबापत गत वर्ष रु एक करोड आठ लाख राजस्व उठेको भए पनि गाविसले रु २० लाखमात्र जिविसको खातामा जम्मा गरेको थियो । अन्य रकम कहाँ गयो पत्तो थिएन । गत जेठ अन्तिम साता जिल्लामा पुगेको अख्तियारको टोलीले यार्सा हिनामिनाबारे चासो लिएपछि प्रशासनलाई दबाब परेको थियो ।

अख्तियार टोलीले यार्साका साथै जिल्लाका केही विकास योजना र विगतका जिल्ला परिषद्का खर्च र काम कारबाहीबारेका फाइलहरु नियन्त्रणमा लिएको थियो  ।  गत वर्ष यार्साबाट रु एक करोड आठ लाख राजस्व उठेको थियो । स्थानीय स्वायत्त शासनले दिएको अधिकारअनुसार  राजस्व गाविस र जिविसबीच बाँडफाँड हुँदा जिविसले पाउने रु ६० लाख भएपनि थोरै रकम मुगु गाविसले जिविसमा दाखिला गरेको थियो ।

0 comments

Write Down Your Responses