Powered by Blogger.
यसकारण पोइल जान्छन्, बिदेश जानेका श्रीमती !


क्वालालम्पुर । माँया लामो समयपछि आज आफ्नो देश जाँदै छे । उस्को आँखाभरि आँसु छन् । उसलाई मलेसिया छाडेर जान कति पनि मन छैन । तर के गर्ने, ऊ चाहेर पनि अब यहाँ बस्न पाउँदिन । living together picऊ आफ्नो देश जानै पर्नै हुन्छ । किनकी उसको करार अवधि अब छिट्टै सकिँदै छ ।

आफ्नो श्रम, पसिना र मेहनतसँग पैसा साट्न मात्र ऊ मलेसिया आएकी थिई । यो देश उसको नभएकाले ऊ फर्किनु परेको हो ।ऊ छ वर्षसम्म मलेसिया बसी । हुन  त पछिल्ला तीन वर्षको करार अवधि उसले थप गरेर नै बसेकी थिई । यसपालि घरपरिवारको दबाब अलि बढी नै परेछ क्यारे । उसले आफ्नो करार अवधि थप गर्न सकिनँ र मलेसियालाई बाइबाइ गरी । तर ऊ नेपाली माया होइन । उसको देश हो भियतनाम । मलेसिया बस्दा नेपाली युवक आकाश (परिवर्तन गरिएको नाम) सँगै लामो समयसम्म बसेकाले उसलाई सबैले माया भने । अझ कोहीकोहीले उसलाई भाउजु भन्दा त उ दंग पर्थी । आकाशसँगै जोडिएको नाम भएर होला माया सम्बोधन उसले औधी मन पराई ।

दुवै श्रम गर्न अलग देशबाट मलेसिया आइपुगेका थिए । यहाँ कम्पनीभित्र एकै ठाउँमा काम गर्ने भएकाले छोटो समयमा नै उनीहरुबीच परिचय भयो । उनीहरु एकअर्काका असल साथी बन्न पुगे । उनीहरुको मित्रता झांगिदै गएपछि कम्पनीले उपलब्ध गराएको कोठा छाडेर उनीहरु अलग्गै बस्न थाले । आफ्नो गाउँघर अनि देश छाडेर बिरानो मुलुक आउँदा जो कोहीलाई पनि नरमाइलो लाग्छ । एक्लो महसुस हुन्छ । सुरुका दिनमा उनीहरुलाई पनि यस्तै भएको थियो । जहिलेदेखि उनीहरु एकै ठाउँमा बस्न थाले । त्यही दिनदेखि दुवैलाई कहिल्यै पनि एक्लोपनको महसुस भएन । दुवैले एकअर्कालाई भरपुर साथ दिए ।

मायासँग बस्दा आकाशलाई आफू मलेसियामा बसेको आभाष नै भएन, उसलाई पनि आफ्नै घर नेपालमा बसेको आभाष भइरह्यो । मायाले उसलाई नेपालतिर घरपरिवारको सबै न्यास्रो मेटाइदिने गर्थी । दुवैलाई यो ६ वर्षको समय कसरी कट्यो, पत्तै भएन । नेपाली आकाश र भियतनामी मायाको यो जोडी रुँदा सँगै रोए, हाँस्दा सँगै हाँसे । उनीहरु एकअर्काको असल साथी बनेर एउटै छानोमुनि ७२ महिना काटे । जे पाक्थ्यो, त्यो दुवैले बाँडिचुँडी खाए । काम हुँदा काम गर्थे, नहुंँदा सँगै मीठा कुरा गरेर दिन बिताउँथे । आकाशले कहिलेकाहिँ छुट्टीका दिन मायालाई नयाँ ठाउँमा घुमाउन लैजान्थ्यो । उनीहरु दुनियाँदेखि अलि पर एकान्तमा रमाउन पाउँदा आनन्दको महसुस गर्थे । मायाले कपडा धुँदा आकाशले खाना बनाउंथ्यो । जे काम भए पनि सधैँ उनीहरु एकआपसमा मिलेर गर्थे । हप्ता, महिना गरी वर्षौँ बित्यो र आखिर छुट्टिने दिन आयो ।

छुट्टिने दिन दुवैको मन बेस्सरी अमिलो भएर आयो । एक अर्काले आफ्नो मन सम्हाल्नै सकेनन् । अँगालो हालेर धेरैबेर रोए, सिंगो रात रोएरै बिताए । रुँदारुँदै सुन्निएका आँखा लिएर माया भियतनाम हिँडिन् । आकाश मायाको याद बोकेर फेरि मलेसियाको परदेशी यात्रा जारी राखिरहेको छ । ऊ भन्छ, ‘अब मैले, माया जस्तो असल र मिलनसार साथी कहिल्यै पाउने छैन ।’ ऊ साह्रै असल केटी थिई । म उसलाई कहिल्यै बिर्सन सक्दिनँ । उ मेरो मनमा बसेकी छे, मेरो मुटुमा बसेकी छे । पलपल उसको याद आइरहन्छ….

यो कुनै काल्पनिक कथा होइन । यसका पात्रको नाम, ठेगाना वास्तविक रुपमा सार्वजनिक नगरिए पनि उनी मलेसियामा श्रम गर्न आएका नौ लाख नेपाली श्रमिकमध्य एक हुन् । यस्तै, उदाहरण प्रशस्त भेटिन्छन् यतातिर । जसलाई आफू किन, कसरी र केका लागि मलेसिया आएको हुँ भन्ने कुराको राम्रो जानकारी भइकन पनि यहाँको परिवेशले उम्कन दिएको छैन । मलेसियामा पाइला टेक्नेबित्तिकै जो कोही नेपाली होस्, सुरुका दिन ऊ निक्कै आत्तिन्छ । नेपालमा एजेन्टले एउटा कुरा बताएको हुन्छ । त्यहीअनुसार सम्झौता गरिन्छ तर यहाँ आइपुगेपछि त्यो सपनाको महल भत्किन्छ । भनिएको हुन्छ एउटा, गर्नुपर्ने काम र पाउने दाम अर्कै हुन्छ ।
दलालको धोकाधडी सहन नसक्ने मान्छे कम्पनी छाडेर हुन्छ या के गरेर हुन्छ, जसोतसो गरी केही समयपछि नेपाल फर्किहाल्छ । बाँकी नेपाली बाध्यताबस सबै कुरा बिर्सिएर काम गर्न बाध्य छन् । यहाँ नेपाल, बंगालादेश, म्यानमार, भियतनाम, इन्डोनेसियालगायत थुप्रै देशका लाखौँ श्रमिक श्रम गर्न आएका छन् । ती सबै देशका श्रमिकसँग नेपालीले संगत गर्नैपर्ने हुन्छ । त्यसैमध्येका केही हजार संगतले अत्यन्तै निकटरुप लिन्छ, जसले नेपालतिरको घरपरिवार बिर्साइरहेको छ ।

घर रहेका बूढा बाबाआमा, पत्नी, छोराछोरीको यादले सताउन छाड्छ उनीहरुलाई । साहुको ऋण पनि चटक्कै बिर्सिन्छन् । लिभिङ टुगेदरबाट परिवार बिर्सिने जमात मात्रै होइन दारुपानी र बेश्यालयका नानीतिर लाग्नेको जमात पनि उस्तै छ । समय, समयको बर्बाद, पैसा–पैसाको बर्बाद । लाग्छ, कहिलेकाहिँ त धुम्रपान र मद्यपान गर्ने सबै नेपाली मलेसियामा नै थुप्रिएका छन् । यसमध्ये अधिकांश मलेसियामा आएपछि मात्र खान सिकेको पाइन्छन् । मलेसिया मुश्लिम देश हो । दारुपानी र नानी नपाइनु पर्ने तर सबै कुरा खुल्लमखुला पाइने हुनाले पनि मति बिग्रिएकालाई झनै भनेजस्तै भएको छ । 

कतिपय अभिभावक आफना बिग्रिएका छोरा सपार्न यता पठाउने गर्छन्, तर के गर्ने ? अभिभावकको त्यो निर्णय झनै गलत साबित बनिदिन्छ । बिदेश जाने श्रीमतीका अन्यत्र विहे गरेका घटना यत्तिकै भएका होइनन् । यसमा बढि जिम्मेवार पुरूष छन् । तपाईं आफै आंकलन गर्नुस्,जो बिदेशमा गएर घरपरिवार बाट अलि टाढा हुन्छ,सम्पर्कमा आउँदैन,पैसा पठाउदैन् हो त्यस्तैका श्रीमती पोइल जान्छन,केही अपवाद बाहेक ! जो श्रीमान् बिदेशमा भएपनि श्रीमतीलाई चाहिने माँया दिन सकेको छ उसका श्रीमती घर व्यवहार धानेर बसेका छन् ।

आफू मलेसिया आएर परिवारलाई के दिन सकेँ, साहुको ऋण तिरियो कि तिरिएन, घरपरिवारमा हिजो भएको अभाव आज कसरी गुज्रिरहेको छ भन्ने कुरा उनीहरुले बिर्सिरहेका छन् । हिजोका ती अवस्था पार लगाउन परिवारले के गरे होलान् । म के उद्देश्ले यता आएँ, यतिसम्म सोच्ने फुर्सद उनीहरुलाई छैन । उनीहरुका कारण घरपरिवारको दुःख बेदना सम्झिएर कडा मेहनत गर्नेलाई पनि असर परिरहेको छ ।

अब जसको घरपरिवारको सदस्य मलेसिया आएको छ, त्यो परिवारले राम्रोसँग सोच्ने बेला आएको छ । आफ्नो मान्छे मलेसिया पुगेर के उपलब्धी हासिल भो ? कमाइ कस्तो छ । कमाइ हुने सम्भावना देखिएको छ कि छैन ? मासिक कति बचाउँछ । बचत देखिन्छ भने छाडिदिनुस्, होइन भने घरमा झिकाउनु होस्, उसले मजाले घरको काममा तपाईलाई सघाउने छ । त्यो नै उत्तम विकल्प हुने छ । होइन भने उसको साँझबिहानको दुई छाक बचाउन मात्रै मलेसिया नपठाउनु होला । एकपटक फकाएर सोध्नुहोस् पतिलाई, ‘बूढा, मलेसियामा लिभिङ टुगेदरमा बसेर घरपरिवार त भुलेका छैनौ नि?

0 comments

Write Down Your Responses

pfizer vaccine