Powered by Blogger.
श्रम राज्यमन्त्री विरुद्ध किर्ते जालसाजी मुद्दा

नेपालगन्ज । खाडिका ६ मुलुक सहित मलेसियामा फ्रि भिसा र फ्रि टिकटको प्राबधान ल्याएर एकाएक चर्चामा आएका श्रम राज्यमन्त्री टेक बहादुर गुरुङमाथि किर्ते जालसाजी मुद्दा परेको छ ।

एक व्यावसायिक फर्मसंग गरिएको कारोबारमा लेनदेनकै सिलसिलामा मुद्दा खेप्दै आएका गुरुङमाथि यही साउन ७ गते जिल्ला अदालत, बाँकेमा किर्ते जालसाजी मुद्दा दर्ता भएको हो ।

प्राप्त जानकारी अनुसार, नेपालगञ्ज वडा–१३ स्थित मनीषा एग्री कन्सर्न र सोही वडामा स्थापित साउथ ईष्ट एशियन सीड्स कम्पनी प्रा.लि.बीच बीउविजनको कारोबार भैआएको थियो । कम्पनीले उक्त कारोबारअन्तर्गत बक्यौता रकम दिन आलटाल गरेपछि मनीषा एग्रीका तर्फबाट प्रोपराइटर सपना ओझाले पैसा पाउन कानुनी उपचारमा लागेको बुझिएको छ ।

सोही विषयमा चलेको लेनदेन मुद्दामा आफुले मनीषालाई तिर्नुपर्ने बाँकी नरहेको देखाउन साउथ ईष्ट एशियन सीड्स कम्पनीका अध्यक्ष गुरुङसमेत केहीबाट कागजात मिलाइएको र त्यसो गर्दा किर्तेसमेत गर्ने काम भएको पाइकाले नियत ठिक नलागेर मुद्दा दिइएको मनीषा एग्रीका प्रोपराइटर ओझाले बताए ।

0 comments

Write Down Your Responses