Powered by Blogger.
आफ्नी प्रेमिकालाई यसरी सधैँ खुसी राखौं

तपाई प्रेममा हुनुहुन्छ ? आफ्नी प्रेमिकालाई सधैँ खुसी राख्न चाहनुहुन्छ ? उनलाई सधैँका लागि आफ्नो बनाउने अभिलाषा छ ? केही सुझाब :

सुगन्ध : प्रेमिकालाई सुगन्ध धेरै मन पर्छ । यसैले जब तपाईं उनलाई भेटन जानुहुन्छ भने उनलाई मन पर्ने पफ्र्युमको प्रयोग गर्नुहोस् ।

कुरामा ध्यान : उनका कुरा ध्यान दिएर सुन्नुहोस् । किनकि, कुनै पनि प्रेमिका चाहन्छिन् कि उनको प्रेमी उनलाई सधैँ ख्याल गरोस् । यसले उनलाई यो अनुभव हुन्छ कि उनको सच्चा साथी आफ्नो सुख–दु:खमा सधैँभरि साथ रहनेछ । प्रेमिकाको तारिफ गर्नुहोस् र उनलाई कुरा–कुरामा सधैँ राम्री देखिएको बताउनुहोस् ।

मनपर्ने कुरा : उनको आचरणअनुसार व्यवहार गर्नुपर्छ । उसले के चाहन्छिन्, के चाहन्नन्, त्यो कुराको ख्याल राख्नुपर्छ । जस्तै, डिनरमा जानुहुन्छ भने उनकै मनपर्ने खाना खानुपर्छ । कुराकानीका क्रममा उनको हात आफ्नो हातमा केही सेकेन्डका लागि भए पनि लिएर गफ गर्नुपर्छ ।

कुराको ख्याल : आफ्नी प्रेमिकालाई यस कुराको महसुस गराउनुपर्छ कि तपाईं उनलाई सधैँ प्रेम गरिरहनुहुन्छ । बारम्बार भन्नुपर्छ उनलाई, म कति धेरै माया गर्छु भनेर । यदि उनी कुनै तनावमा छिन् भने अँगालो मारेर उनलाई सान्त्वना दिनुपर्छ । यसले उनलाई तपाईंप्रति अझ बढी आकर्षित गर्छ । उनको सानोभन्दा सानो कुरालाई पनि ख्याल गर्नुपर्छ ।

मस्ती : कहिलेकाहीँ उनलाई मन पर्ने गीत गाउनुहोस् । साथीभाइ र परिवारलाई मिलाउनुहोस् । यसबाट प्रेम अझ प्रगाढ बन्छ । कहिलेकाहीँ मस्ती गर्नुपर्छ । हाँसखेल गर्ने, जोक्स भन्ने अनि उनलाई हँसाउने काम गर्नुपर्छ । बाहिर घुम्न गएर मनका कुराहरू गर्नुपर्छ ।

उपहार : वेला–वेला उपहार दिनुहोस् । कुनै उपहार दिनका लागि समय अथवा अवसर मिलेन भने पनि दिनुपर्छ । यसले प्रेम सफल बनाउँछ । कहिलेकाहीँ उनलाई पूरै समय दिनुपर्छ ताकि उनलाई लागोस् उनीप्रति तपाईं सधैँ इमानदार हुनुहुन्छ । यदि तपाईंलाई कुनै कुरा मन पर्दैन भने तुरुन्तै त्यसको प्रतिकार नगर्नु नै उचित हुन्छ । त्यसलाई बिस्तारै सम्झाउँदै लगेमा प्रेम सफल हुन्छ ।

0 comments

Write Down Your Responses