Powered by Blogger.
आफ्नै गीत हेर्न पाइनन् सविनाले, प्रोमोमै रुवाइन् सबैलाई

सुनामी छाल आए झैँ पानीमा,
सधैँ आउँछ्यौ आँखाको नानीमा ।

यो बोलको गीतको प्रोमा सार्वजनिक भएको २४ घन्टा नबित्दै ३ हजार दुई सय भन्दाले हेरेका छन् । प्रोमोमा प्रयुक्त शब्द जति मार्मिक छन्, गीतमा अभिनय गरेकी नायिका मरिसकिन् भन्ने थाहा पाएका झन भक्कानिन्छन् । हो, गीतकी नायिकाको म्युजिक भिडियो सुटिङकै क्रममा निधन भएको हो । भारतको नयाँ दिल्ली र विभिन्न सहरमा सुटिङ भएको गीतको प्रोमो र म्युजिक भिडियो युटुवमा सार्वजनिक भएको छ । तर गीतकी नायिका अर्थात् मोडल सविना विकको निधन भइसकेको छ ।

भारतका विभिन्न सहरमा ८ गीत छायांकनको क्रममा नायिका विकको दुर्घटनामा निधन भएको हो । आठ वटै म्युजिक भिडियोकी नायिका तथा मोडल विकको १ साउनमा रेलको हावाले सडकमा लडेर मृत्यु भएको हो । त्यसक्रममा चार वटा गीतको छायांकन सकिएको थियो भने चार गीतको काम नसकिँदै नायिकाको मृत्यु भएको हो ।

नायिका विक भारतमै बस्थिन् । म्युजिक भिडियोको कलाकारको टोलीलाई भारतमा सुटिङको संयोजन पनि विकले नै गरेकी थिइन् । नेपाली चलचित्र ‘टाइम नेभर कम ब्याक’ मा पनि सहनायिका रहेकी विक अभिनीत एउटा गीत र एउटा गीतको प्रोमो सार्वजनिक भएको हो । उनी अभिनीत एक चलचित्र र दुइ गीत आउन बाँकी रहेको अक्सिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्र ओलीले बताए ।

0 comments

Write Down Your Responses