Powered by Blogger.
दर्नाल अवार्ड’ को पाँच लाख बाल कल्याण प्राविलाई





काठमाडौँ, ३० साउन । 

दलित अधिकारकर्मी स्व सुभाष दर्नालको सम्मानमा स्थापना गरिएको ‘दर्नाल अवार्ड’अन्तर्गतको रु पाँच लाख भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक, सिपापोखरे–४ गैह्रीगाउँस्थित बाल कल्याण प्राथमिक विद्यालयलाई प्रदान गरिने भएको छ । 

दर्नालकी जीवन सङ्गीनी सरिता परियारले स्थापना गर्नुभएको सरिता ट्रस्ट फन्डद्वारा स्थापित ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ को रू पाँच लाख बराबरको रकम विद्यालयको पुनःनिर्माणका लागि सहयोग गर्ने घोषणा गरिएको हो । 

स्व दर्नालको चौथौँ स्मृति दिवसको अवसरमा शनिबार जागरण मिडिया सेन्टर, समता फाउण्डेशन र शान्तिका लागि साझा अभियान कोक्यापद्वारा आयोजित ‘भूकम्पपछिको पुनःनिर्माण र सामाजिक न्याय विषयक अन्तक्र्रियामा ट्रष्ट फन्डकी ट्रष्टी परियाले दर्नालको स्मृतिमा यसै वर्षदेखि सामाजिक न्यायको क्षेत्रमा योगदान पु¥याएवापत प्रदान गर्ने भनिएको अवार्ड भूकम्पपछिको विषय परिस्थितिलाई मध्यनजर गर्दै भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनःनिर्माणका लागि प्रदान गर्न लागिएको जानकारी दिनुभयो 

विसं २०३७ जेठ २६ गते मुझुङ–१, पाल्पामा जन्मिएका अधिकारकर्मी, पत्रकार तथा लेखकका रूपमा स्थापित सुभाष दर्नालको २०६८ साउन ३० गते अमेरिकामा सवारी दुर्घटनामा परी असामयिक निधन भएको थियो । दर्नालले जागरण मिडिया सेन्टर, शान्तिका लागि साझा अभियान र समता फाउण्डेशनको समेत नेतृत्व गर्नुभएको थियो । 

सो अवसरमा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारले पुनःनिर्माण गर्दा विभेद्पूर्ण ढुङ्गबाट भन्दा पनि सामाजिक न्यायपूर्ण तरिकाले पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो । 

0 comments

Write Down Your Responses