Powered by Blogger.
‘आँसुओं की सियाही से’ विमोचन

काठमाडौँ, २९ साउन । वसन्त चौधरीद्वारा लिखित ‘आँसुओं की सियाही से’ कविता सङ्ग्रह एक कार्यक्रमबीच विमोचन गरिएको छ ।
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आयोजित कार्यक्रममा कविता सङ्ग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, भारतीय कवि केदारनाथ सिंह र साहित्यकार राजेन्द्र विमलले सामूहिकरुपमा विमोचन गर्नुभएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती, वाणी प्रकाशनका अध्यक्ष अरुण माहेश्वरी, कवि केदारनाथ सिंह र साहित्यकार राजेन्द्र विमलले कृति प्रकाशन गरी साहित्यका विकासमा योगदान पु¥याएको भन्दै कवि चौधरीको प्रशंसा गर्नुभयो । 
वाणी प्रकाशनले प्रकाशन गरेको कविता सङग्रहमा ७५ वटा कविता, १८ वटा गजललगायत समावेश गरिएको छ । रासस

0 comments

Write Down Your Responses