Powered by Blogger.
हाम्रो शिक्षा नीतिमै समस्या छ

डा.रामहरि लामिछाने, सदस्य सचिव, सीटीईभीटी
२०७० बैशाख १५ गते सदस्य सचिवका रुपमा  कार्यभार प्राविधीक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटीइभीटी सम्हालेका लामिछाने ०४६ साल चैतमा लेखा अधिकृतबाट सीटीईभीटीमा प्रवेश गरेका हुन् । मकवानपुर चित्लाङका लामिछानेसँग प्रशिक्षक, प्रमुख प्रशिक्षक हुँदै निर्देशक भएको अनुभव छ । काठमाण्डु विश्वविद्यालयबाट गरिव तथा विपन्न बर्गको प्राविधिक शिक्षामा पहुँच विषयमा विद्याबारिधि गरेका उनले अमेरिकाबाट एजुकेशन प्लानिङ् एण्ड पोलिसीमा प्रोफेसनल कोर्ष समेत गरेका छन् । उनी मुलुकमा रहेका थोरै प्राविधीक तथा व्यवसायीक शिक्षाका ज्ञाता मध्येमा पर्छन । प्रस्तुत छ उनले परिषद सम्हालेपछिका चुनौती र नयाँ योजनाबारे उनीसंग गरिएको कुराकानीः

सीटीईभीटीले अहिले के गरिरहेको छ ?

हामीले मुख्य गरी ४ वटा काम गर्छौं । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा सरकारलाई नीतिहरू परिवर्तन गर्न, नीति निर्माण गर्न, नयाँ नयाँ परियोजनाहरूको पहिचान र विकास गर्न र तथा कार्यान्वयनमा सहयोग गर्ने गर्छौ । दोस्रो काम भनेको एकमहिने अवधिदेखि १ वर्षसम्मका विभिन्न व्यावसायिक तालिम देशैभरि सञ्चालन गर्ने, टीएसएलसी तथा डिप्लोमा तहका कोर्सहरू सञ्चालन गर्ने र आफैंले औपचारिक तथा अनौपचारिक रूपमा सिकेका सीपहरूलाई परीक्षण गरेर प्रमाणित गर्ने काम पनि सीटीईभीटीले गर्दै आएको छ । 

जसको परिणाम स्वरुप २०५० सालमा जम्मा ६–७ वटा टेक्निकल स्कुल भएको नेपालमा अहिले सरकारी तहमा झन्डै ४० वटा स्कुल सामुदायिक विद्यालयहरूमा ७५ वटा स्कुल र प्राइभेट सेक्टरमा झन्डै ५ सय वटा प्राविधिक शिक्षालय नेपालभरि छन् । त्यसकारण अहिले सीटीईभीटीको नेटवर्क भनेको ज्यादै ठूलो छ । किनभने विभिन्न तहमा गरेर वर्षमा झन्डै १ लाख ग्र्याजुएट्सहरू उत्पादन हुन्छन् ।

तालिम दिएजति सबैले रोजगारी पाएका छन्् त ? त्यसको अध्ययन गर्नुभएको छ कि छैन ?

त्यसको बेलाबेलामा हामीले ट्रेसर स्टडीहरू गरेका छौं । अहिले हेर्दा छोटो अवधिको प्राविधिक तालिममा लगभग ६० प्रतिशतले रोजगारी गरेका छन् । चाहे त्यो सेल्फ इम्प्लोएमेन्ट वा वेज इम्प्लोएमेन्ट जे होस् । र, टीएसएलसी तथा डिप्लोमा तहको कुरा गर्ने हो भने रोजगारीको प्रतिशत ८० प्रतिशतभन्दा माथि छ । तर, अहिले आएर अरू विषयमा रोजगारीको अवस्था एकदम राम्रो देखियो भने नर्सिङमा रोजगारी घटिरहेको छ । यो इन्ट्रेस्टिङ विषय छ ।

किन यस्तो भइरहेको होला ?

नेपालको बजारमा नर्सिङ रोजगारी घटिरहेको छ तर पढ्न आउने डिमान्ड चाहि“ बढिरहेको छ । तपाईंले भर्खरै हेर्नुभयो ३०–४० हजार नर्सले सडकमा जुलुस गरे । ‘२ वर्षदेखि भोलेन्टियर छौं । तलब पाएन, पा“च हजारमा, २ हजारमा काम गरिरहनुपरेको छ’ भन्ने उनीहरूको गुनासो थियो । त्यत्रो खर्च गरेर पढेका थिए । बजारले एब्जर्ब गर्ने क्यापासिटी भन्दा उत्पादन बढी भएर यो समस्या आएको हो । हामी प्रोडक्सन रोक्न खोज्छौं तर मार्केट मान्दै मान्दैन । तर, अधिकांश पढ्न आउनेहरू विदेश जाने चाहनाले पनि पढ्न आएका छन् । नर्सिङको नेपालको श्रम बजारमा भर्खर ८–१० वर्षपछि पहिलोचोटि लोकसेवाले यो साल नर्सको भर्ना लियो । नत्र मागेकै थिएन । प्राइभेट हस्पिटलमा सा“च्चै भन्ने हो भने श्रम शोषण छ नर्सका लागि । किनभने एक वर्षसम्म त उनीहरूले भोलिन्टियर नै गरेर बस्नुपर्छ । 

एक वर्षपछि सामान्यतया ५–८ वा दस हजार रुपिया“मा काम लगाउ“छन् ।  हुन त वेल स्टाबलिस्ड हस्पिटलले त राम्रै तलब पनि दिएका छन् । तर, नर्सिङ पेसामा अहिले बढी उत्पादन भएको कारणले शोषण छ । अनमी माग्या ठाँमा स्टाफ नर्सले आवेदन दिइरहेका छन् । स्टाफ नर्स मागेको ठाँउमा बीएनले एमएनले आवेदन हालिरहेका छन् । त्यसकारण नर्सिङ ग्र्याजुएटहरू चाहि मार्केटमा धेरै तर तिनीहरूको जब एकदम कम छ । तर, अन्य क्षेत्रमा भने प्राविधिक पढाइको जागिर एकदम राम्रो छ । 

अहिले सीटीईभीटीको समस्या र चुनौतीहरू के देखिएको छ ?

अहिले पहिलो कुरा त दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा फैलाउनका लागि हाम्रो काम केन्द्रित भएको छ । र, पिछडिएको वर्गलाई यो क्षेत्रमा पहु“च बढाउन हामीलाई कठिन भएको छ । किनकि साधन स्रोतको परिचालनमा समस्या छ । एकातिर अब नीति र कार्यक्रमहरूले प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको छ भनिएको छ तर बजेट त्यति आइरहेको छैन । सीटीईभीटीले दूरदराजमा प्राविधिक शिक्षा र व्यावसायिक तालिम दिने चाहना छ तर राज्यबाट बजेट नआएपछि त्यो तहमा दिन सक्दैन । त्यसकारण कहिलेकाही“ सीटीईभीटीलाई आरोप पनि लाग्छ प्राइभेट क्षेत्रमा बढी गयो भनेर । सरकारले दुर्गम पिछडिएको क्षेत्रलाई चाहि“ जसरी पनि कम्तीमा पनि पढाउन दिने भनेर बजेट दियो भने त प्राइभेट क्षेत्रमा धेरै जा“दै जा“दैन नि † 

कार्यक्रममा भन्ने तर पर्याप्त बजेट नदिने गरेपछि त समस्या हुन्छ नि ? त्यसैले साधान–स्रोतको पहिलो समस्या छ भने दोस्रोमा टेक्नोलोजीको परिवर्तन स“गस“गै हामीले हाम्रा पाठ्यक्रमहरू, हाम्रा ल्याबहरू र हाम्रा टेक्निकल स्कुलको इक्विपमेन्टहरू परिवर्तन गर्न सक्या छैनौं । जसले गर्दा कता–कता डिमान्ड र सप्लाइको ग्याप भएको छ । 

त्यस्तै, दुर्गम क्षेत्रका प्राविधिक शिक्षालयमा योग्य प्रशिक्षकहरूलाई लान सकिएको छैन । अहिले जुम्लामा योग्य इन्जिनियर एग्रिकल्चरको बीएससी, एमएस्सी ग¥या शिक्षकहरूलाई राख्नुप¥यो भने ठूलो कठिनाइ छ । एकदम हाई टर्न ओभर छ । किनभने सहरी क्षेत्रमा नै उहा“हरूको जब अपच्र्युनिटी धेरै भएको हुनाले दुर्गम क्षेत्रमा प्रशिक्षक जानै मान्दैनन् । अर्को सीटीईभीटीले भन्दा पनि राज्यले ध्यान दिनुपर्ने कुरा क्वालिफाइड स्किल वर्करलाई राज्यले देशमा राख्न सकेको नै छैन । उनीहरू बजारमा आएका छैनन् । बाहिर गइरहेका छन् ।

तपाईं सदस्य–सचिव भएर आएपछि गरेका कामहरू के–के हुन्  ?

अबको ४–५ वर्षमा राष्ट्रिय व्यावसायिक योग्यताका ढा“चाले हरेक प्राविधिक शिक्षा मापन गर्ने फ्रेमवर्क बनाउने तयारीमा छौं । हामीले स्विस विकास सहयोग नियोगस“ग त्यो काम गर्दैछौं । त्यसैगरी, विभिन्न नया“ परियोजनाहरू चलिरहेको छ । एडीबी, वल्र्ड बैंक, इयूस“ग पनि मिलेर हामीले धेरै नया“ कामहरू गर्दैछौं । सात वर्षदेखि कर्मचारी पदपूर्ति थिएन पहिलोचोटि प्रथम चरणमा पदपूर्ति ग¥यौं । 

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई किन मतलब नदिएको होला ?

नेपालको समाजले अझै पनि सीपमूलक अर्थात् गरिखाने शिक्षालाई दोस्रो दर्जामा राखेको पाइन्छ । आम नागरिक युवा र अभिभावकहरूले बेसिक तहको विद्यालय शिक्षापछि प्राविधिक तथा व्यावसायिक शिक्षा छान्नुप¥यो र त्यही विषय पढ्नुप¥यो । अर्थशास्त्र, अंग्रेजी विषय पढ्यो । त्यसमा अब्बल हुन्छ भने क्रिम अफ द क्रिमले मात्र एकेडेमिक क्षेत्रमा जाने हो । त्यसबाहेक सतही  पढ्नेहरू प्राविधिकतिर लाग्नुपर्छ । बीए, एमए पढें भनेर मात्र हु“दैन । एमए गरेर ३ महिनाको व्यावसायिक तालिम लिन आउने परिपाटी छ । त्योभन्दा एसएलसीपछि आफ्नो योग्यता राम्रो भएन भने प्राविधिक शिक्षातर्फ मोडिनु पर्छ । 

हाम्रो सन्दर्भमा करिकुलमको समस्या छ, सिंगो शिक्षा नीतिमै समस्या छ । बेरोजगार उत्पादन गर्ने युनिभर्सिटी डिग्रीमा होइन, प्राविधिक शिक्षामा जोड दिऔं । समाजले हेर्ने दृष्टिकोण पनि अब्बल दर्जामा राखिनुप¥यो । एउटा मोटर ग्यारेजमा काम गर्ने मेकानिक्सले अहिले महिनाको १ लाख कमाउँछ  तर अर्को एमए गरेको बेरोजगार छ भने हाम्रो समाजमा छोरी दिनुप¥यो भने प्राविधिकलाई होइन, एमएम पढेको बेरोजगारलाई छान्छौं । त्यसो भएकाले  समाजको दृष्टिकोणमा  परिवर्तन ल्याउनुप¥यो । 




0 comments

Write Down Your Responses