Powered by Blogger.
शैक्षिक संस्था साझा उत्तरदायित्व स्थल बनाऔं


‘शिक्षा र सञ्चार विकासको महत्वपूर्ण आधार’ भन्ने मान्यता वास्तवमा विश्वव्यापी हो । जब जब मानिसहरु चेतनशील बन्दै गयो, उसले आफू र आफ्नो बारेमा जान्दै गयो । जान्नु, बुझ्नु अत्यन्त कठीन कुरा हो । त्यसैले भनिन्छ, ‘बुझ्नलाई कठिन, झन बुझ्यो, झन कठिन’ किनभने यो जीवन र जगत नबुझ्नेको लागि सरल छ । बुझेको स्वाँङ गर्नेहरुलाई, दम्भ र घमण्डको विषय बनेको छ भने बुझेर केही परिवर्तन चाहनेहरुको लागि कठिन छ ।
मानव समुदायको प्रचलित नियतलाई नियाल्दा उ दुई कुरामा केन्द्रित देखिन्छ । प्रथमतः उ बर्चस्ववादी खुवाफ राख्दछ । यहि प्रसङ्गमा स्तम्भकार पनि अछुतो हुने कुरै भएन । अत सर्वप्रथम उ धन्यवाद पनि दिन चाहन्छ कि मध्यस्थता साप्ताहिक ( दर्ता नम्बर २०÷०४८÷०४९, वर्ष १७, अङ्क ५, २०७२ भदौ ६ को जनकल्याण उच्च माध्यमिक विद्यालय व्यवस्थापन समिति  गठनबारे मध्यस्थता संवाददाताको समाचार प्रति ।

समाचार ‘एमाले एक्लै, अरु मिले’ शीर्षकको प्रारम्भबाट ‘मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको शैक्षिक केन्द्रको रुपमा स्थापित भएको जनकल्याण उच्च माविको व्यवस्थापन समितिको चुनावको लागि एमालेले एक्लै अरु दलहरुको सामना गर्ने भएको छ ।’ भन्ने वाक्य प्रति मेरो घतलाग्दो दृष्टि पुगेको छ ।  यसका लागि माथि उल्लेख गरिएको प्रशंसावादी नियतमा चर्चा गर्दा आफूले लामो समयदेखि अध्यापन गरेको विद्यालय भएको र विक्रम सम्वत २०५७ देखि  नेतृत्वको अवसर प्राप्त भएको स्तम्भकारको कर्मथलो यो विद्यालयलाई शैक्षिक केन्द्रको रुपमा स्थापित उपमा प्रति आभार व्यक्त गर्दछु । 
सानोभाइ कार्की 
पटक पटक एक वा अर्को प्रकारले विद्यालय नष्ट, भ्रष्ट र विध्वंसको पात्रको उपमा पाइरहेको हल्ला सुन्ने र सुनाउने गरेको क्षणमा यो अभिव्यक्ति प्रति लोकप्रिय पत्रिका माथि थप उचाइको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै विद्यालयलाई शैक्षिक केन्द्रको यथार्थ रुपमा लैजान वास्तविक सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछु ।

यथार्थ कुरा नढाँंटिकन जस्ताको तस्तै स्थितिको चर्चा गर्दा वर्तमान समयमा सामुदायिक विद्यालयहरु एक पछि अर्को गतिमा गल्दो र संस्थागत (प्राइभेट स्कूल ) जाग्दो नतिजामा छन् । सामुदायिक विद्यालयहरु प्रति आम जनताको विश्वास ह्रासोन्मुख गतिमा छ । संस्थागत विद्यालयप्रतिको मोह बढ्दो छ भन्ने तथ्यलाई शिक्षक मासिक भदौ अङ्कको ‘हेराई र बुझाईको निजी स्कूलको विश्वव्यापी लहर’ शीर्षक अन्तर्गत लेखिएको समय सान्दर्भिक भएकोले साभार गर्ने प्रयत्न गरिएको छ । यसमा लेखिएको छ, ‘गरिब देशका सरकारहरु , नीति निर्माताहरु, राजनीतिक दल र तिनका नेताहरु , शिक्षक, विद्यार्थीका सङ्गठनहरु अनि नागरिक समाजका अगुवाहरु समेत लगभग सबैजसोले सार्वजनिक शिक्षा सार्वजनिक विद्यालयकै पक्षमा कुरा गर्दछन् । सार्वजनिक शिक्षा सुधार गर्ने, त्यसको गुणस्तर सुधार गर्ने उद्धेश्य बोकेका कैयौं परियोजनाहरु पनि चलिरहेकै हुन्छन् तर काम भने हुदैन । त्यसैले परिणाम ठिक उल्टो निक्लिरहेको छ । संसारभरी नै गरिब देशका सार्वजनिक स्कूलहरु नेपालमा जस्तै खिइँदै र शाख आकर्षण गुमाउँदै गइरहेका छन् भने नीजि स्कूल दिन दुगुना र रात चार गुनाको दरमा फस्टाउँदै मौलाउँदै गइरहेका छन् ।

विश्व प्रसिद्ध पत्रिका ‘द इकोनामिस्ट’को पछिल्लो अङ्कको आवरणमा प्रकाशित यो ग्राफले यहि कुरा दर्शाउँछ । यस अनुसार सन् १९९० मा गरिब देशका करिब १२ प्रतिशत बालबालिका नीजि विद्यालयमा जान्थे भने अहिले दोब्बर भएको छ  र सन् २०३० सम्ममा बढेर ४० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ( द इकोनोमिस्ट, १ अगस्ट २०१५) यो हेराइ र बुझाइ प्रति हामी एकत्रित भएर एक क्षण घोत्लिऔं कि किन आज सामुदायिक विद्यालय जो गरिब असहाय र निमुखाहरुको पहुँचको विद्यालय हुँदा हुँदै पनि यथार्थमा पु¥याउन सकिएन ? संस्थागत विद्यालयहरुलाई व्यापार केन्द्रको संज्ञा दिदा दिदै पनि सर्वसाधारणहरुको भरोसा र आशा केन्द्र उन्मुख भयो ? के सामुदायिक विद्यालयका शिक्षकहरुको योग्यता , तालिम, सेवासुविधा आदि कम भयो ? विद्यालयहरुलाई के पुगेन ? किन समुदायको आफ्नो विद्यालय बन्न सकेन ? के संस्थागत विद्यालयको भौतिक संरचना सबल छ ? शिक्षकहरुको योग्यता, स्थायित्व, सेवासुविधा र भविष्य सामुदायिक विद्यालय शिक्षाकर्मीहरु भन्दा बढी छ ? शैक्षिक सङ्गठनको संरचनालाई हेर्दा सबैभन्दा सर्वोच्च राष्ट्र, शिक्षा मन्त्रालय, शिक्षा विभाग , क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र विद्यालयहरुको बनोट र कार्य जिम्मेवारी कहाँनिर कम बेसी छ ? यी सबै पक्षहरुमा छलफल गर्दा कमी र कमजोरीहरु नहुँदा नहुँदै पनि सामुदायिक विद्यालयहरुको दुर्दशा देखिनुमा शैक्षिक सरोकारीहरु र सरकार प्रमुख कारक छ भन्नुमा अन्यथा नहोला ।

यद्यपी एउटा भनाई छ, तपाईको जीवनमा कहिल्यै कसैलाई दोषि नठह¥याउनुस किनभने,
असल मान्छेले तपाईलाई खुशी दिन्छ,
खराब मान्छेले अनुभव बटुल्ने मौका दिन्छ,
काम नलाग्नेले तपाईलाई पाठ सिक्ने मौका दिन्छ

यसलाई आधार मान्ने हो भने यो अवस्थाको उपजकर्ता हामी शिक्षाकर्मीहरु नै हौं । हामीले देश र जनताको स्वार्थ भन्दा आफ्नो स्वार्थमा केन्द्रित रह्यौं । राम्रोलाई हाम्रो भन्दा हाम्रोलाई राम्रो भन्नमा आनन्द लियौं । फलतः राजनीतिक दलले शिक्षाको आमूल परिवर्तनकारी दृष्टिकोण बनाएनौं । फलत ः हाम्रो शैक्षिक जनशक्तिलाई देश विकासमा लगाउन सकेनौं । रोजी रोटीको लागि विदेशको सहारा लिन पुग्ने नागरिक जन्मायौं । नाडीमा तागत र मुखमा रगत भईञ्जेल विदेशको सेवागर्ने र वृद्धावस्थामा स्वदेश फर्कने अवस्थामा पु¥यायौं । हिजोको कालरात्री निरङ्कुश पञ्चायती व्यवस्थाको शोषणबाट शोषित नागरिकहरुलाई लोकप्रिय प्रजातान्त्रिक शासन प्रणालीले कायापलट गर्ने र स्तर सुधार गर्ने कुरा चटक्कै भुल्यौं । शिक्षा र शैक्षिक क्षेत्रको अस्तव्यस्ततालाई सुधार गर्ने कुरा मच्चिएर भाषण ग¥यौं । योजना बनायौं । कार्यान्वयन गरेनौं । पञ्चायतले शिक्षकहरुको मर्म बुझेन, सङ्गठित हुने अधिकार दिएन, पेसागत हक अधिकार दिएन । 
शिक्षाबाट शैक्षिक उन्नयनको खाका समेत कोर्न सकेन भन्यौं । जुन यथार्थ थियो । त्यो यथार्थलाई वास्तविकतामा उतार्न व्यवस्था परिवर्तनका लागि बलिदानी दिने शिक्षकहरुलाई प्रजातन्त्रको प्राप्ति पछि हामीले के गर्यौं ? आफू अनुकूल हुने गरी विभाजन ग¥यौं । आस्थाका आधारमा झुण्ड–झुण्डमा, खण्ड–खण्डमा जमात खडा ग¥यौं । त्यसका लागि हामीले शिक्षकहरुलाई टिकट बाँड्यौं । आफ्नो सिद्धान्तको व्याख्या सर्वसाधारणसम्म पु¥याउने माध्यम बनायौं, झण्डा बोक्ने सिपाही बनायौं । आफू प्रजातान्त्रिक भएको सावित गर्न हदैसम्मको प्रयास ग¥यौं । 

यसो गर्नका लागि सरुवा, बढुवा, स्थायी भर्नाका लागि आफ्नो सत्ताको शक्ति पुरै लगायौं । शिक्षक कस्तो भए शिक्षा सुध्रन्छ, शिक्षा कस्तो भए देश समुन्नत हुन्छ ? मूल कुरा हामीले बिर्सियौं । परिणामले सामुदायिक विद्यालयको हविगत यो हुन पुग्यो । शिक्षकहरुलाई आयोगमा सहभागी भएर स्थायी हुने अवसरलाई राजनीतिकरण ग¥यौं । लगभग ३७ वर्षको सेवा गर्दा पनि रित्तो हात घर फर्कने कसले बनायो ? आज विद्यालयमा १७ थरीका शिक्षक कस्ले बनायो ?  एउटै विद्यालयको छानाभित्र काम गर्ने शिक्षक थोरै स्थायी भएर तहगत बढुवा भएका र धेरै अस्थायी, राहत, पिसिएफमा रुमल्लिरहनु पर्ने परिस्थितिको सिर्जना कसले ग¥यो ? यी र यस्ता पक्षहरुमा बहस गर्नु सान्दर्भिक हुन्छ भन्ने बुझाई छ ।

अर्को पक्ष हामी विद्यालयमा कार्यरत शिक्षकहरुले अधिकार र हकको कुरा गर्दा गर्दै कतै कर्तव्य भुल्यौं कि यसलाई पनि नजरअन्दाज गर्नुहुँदैन । हामी जुन तह र अवस्थामा सेवा दिनका लागि शिक्षक जस्तो गरिमामय पेसामा प्रवेश गरिसकेपछि आफूले निर्वाह गर्नुपर्ने दायित्वमा चुक्यौं कि ? शिक्षकहरु सदैब पेसा प्रति, विद्यार्थीहरु प्रति जवाफदेही हुनुपर्नेमा आस्था केन्द्र खुशी पार्ने र आफू प्रशंसित हुने र आफ्नो पेसा सुरक्षित राख्ने तर्फ समय व्यतित ग¥यौं कि ? 

के हामीले प्रफुल्ल भएर हँसमुखमा सदैव नयाँ विहानीसँगै नयाँ जोस र जाँगरका साथ पाठयोजना र शैक्षिक सामग्री सहित कक्षा कोठामा पस्यौं र पूरै समय बसौंको नारालाई कार्यान्वयन ग¥यौं ? किनभने ‘पाठयोजना र शैक्षिक सामग्री साथमा अनि सफलता हातमा’ लाई शीरोधार्य ग¥यौं कि आफ्नो सट्टा खेताला शिक्षक पठाएर, सरकारी नोकरीको हौवा देखाएर, राजनैतिक दललाई ढाल बनाएर शिक्षार्थीलाई दिनुपर्ने माया, ममता, स्नेह ,दया, समानता, समावेशितालाई इन्कार ग¥यौं ।

हो, हामी बीच आधिकारिक माथिल्ला निकायहरुले गरेको स्वच्छ मूल्याङ्कनको विभेद, कामचोरको संरक्षण र पुरस्कारबाट पुरस्कृत गरिँदा , सत्ता र शक्तिलाई आधार मानेर शिक्षा प्रशासनको बाहुवल मानिरहँदा, काम गरेर भन्दा गफ उडाएर, हाकिमको चाकरीबाट रसास्वाद गर्दै स्वदेश र विदेशको भ्रमण, गोष्ठी, सेमिनारको सहभागी अवसर दिइरहँदा कर्तव्यनिष्ट शिक्षकहरुको चित्त दुखेको छ । सोझाको मुखमा घोचाको उपमा चरितार्थ भएको छ र पनि वर्तमान समयमा २०४७ देखिको वैचारिक र आस्थाका आधारमा टुट्दै फुट्दै आएका शिक्षक र आवद्ध संस्थाहरु २०७१ फागुन २८ को घोषणाबाट अधिकार र कर्तव्यका लागि शिक्षक एकताको समय सापेक्ष अभियानका साथ महासंघमा गोलबन्द भएको अवस्था छ ।

यसबाट आगामी दिनहरुमा एकत्रित शिक्षकहरुको शक्तिले शिक्षा सरोकारीहरुलाई उत्तरदायी बनाउने छ । जवाफदेही बनाउने छ । शिक्षाको प्रशासनलाई पारदर्शी र राष्ट्रको मागलाई पूरा गर्ने छ । समग्रमा यो एकताले शिक्षक र शिक्षाको फलदायी र सार्थक राजनीति गर्नेछ । 
यस सन्दर्भमा शिक्षामा हिजोदेखि थालनी गरिएको शिक्षक, विद्यालय, विद्यार्थी र अभिभावकहरुलाई दल अनुकूल बनाउने र आफ्नो प्रसंशा र बर्चश्वको लागि गरिएको दलीय स्वार्थलाई नेपाली शिक्षकहरु क्रमिक रुपमा जानकार भईरहेको सुखद अनुभूति भईरहेको कुरा दलहरुले भुल्नु हुँदैन । आजको शिक्षकहरुको आस्था र भरोसाको केन्द्र आस्थाको राजनैतिक दल हो । यद्यपी उनीहरुले पेसागत उपलब्धिहरुलाई आश्वासन मुताबिक पाउन नसकेको यथार्थ रातको चन्द्रमा झैं छर्लङ्ग छ ।

यो सवालसंगै अहिलेको शिक्षकहरु पेसावादी हुनुहुन्छ । उनीहरुमा भनौं असल चरित्रको पेसावादी शिक्षकहरुसंग कुनै धर्म, जात, लिङ्ग, वर्ण, वर्ग र दलीय विभेदको आभाष समेत हुनुहुँदैन र हुँदैन पनि । किनभने बालबालिकाहरु साझा हुन् । विद्यालय साझा हो । साझा विषयको कार्यान्वयन गर्न शिक्षकहरु विचार र व्यवहारमा साझा हुनै पर्दछ । साझा र स्वतन्त्र , कर्तव्यनिष्ठ शिक्षकहरुबाट मात्र अधिकार र कर्तव्यको नारामा केन्द्रित हुन सक्दछ ।

अर्को पक्ष राणाकालीन इतिहास जानेका, पञ्चायती कालरात्रीका ३० वर्षलाई भोगेका , प्रजातन्त्रको २६ औं वर्षलाई समेत जानेका आम शिक्षकहरु आफ्नो कर्मलाई धर्म (कर्तव्य) मान्ने चरित्रमा पुगेको कुराहरुलाई दलहरुले समयसापेक्ष आत्मसाथ गर्न सक्नुपर्दछ । 
राणाकालमा पढ्न दिएन, पञ्चायतले बोल्न दिएन, बहुदलीय व्यवस्थाको प्रार्दुभाव पछि थुप्रै बोल्न दिइयो  तर सुन्नेले सुनेनन् । अत ः एकदलीय पद्धतीले मानवहित गर्न नसकेको सन्दर्भमा फेरि पनि कुनै दल विशेषले वर्चश्ववादी नियत राखेर हस्तक्षेप गर्न खोज्नु हास्याँस्पद विषय हो । अत ः अब हामी सबै मिलेर प्रण गरौं कि विद्यालयले मेरो दलको आधिपत्य केन्द्र बनाउने, आफ्नो आस्थाको मात्र शिक्षकलाई प्रश्रय दिने, अरुलाई निषेध गर्ने, जतिसुकै राम्रो काम गरेपनि, कर्तव्यनिष्ठ, लगनशील भएपनि पूर्वाग्रही नजरले हेर्ने सोचलाई त्यागौं । 
किनभने एकदलीय सोच र हैकमले मानव समाजको विकास गर्न सकेको भए, सामाजिक परिवर्तनलाई सार्थकता दिन सकेको भए, संसारभर प्रजातन्त्र तुलनात्मक रुपमा लोकप्रिय बन्ने थिएन । त्यसैले, बहुदलीय प्रजातन्त्रको अभ्यासबाट हामी सामाजिक रुपान्तरण र परिवर्तनलाई अभ्यस्त गर्न चाहन्छौं भने आफ्नो बर्चस्ववादी सोचलाई त्यागेर अरुको अस्तित्वलाई स्वीकार गर्न सिकौं । विद्यलयलाई मेरो को अहंकारी सोचबाट हाम्रो साझा असल नागरिक उत्पादन स्थल, कामयावी जनशक्ति उत्पादन माध्यम बनाउने तर्फ सकृय भएर लागौं ।

कुनै दल विशेषको नेतृत्वलाई स्थापित गर्ने प्रयासलाई फराकिलो पार्ने तर्फ लागौं । सञ्चारका माध्यमहरु पनि दलको कुरा लेख्न पाउँदा विजय र अरुको सत्य तथ्य लेख्दा पराजयको सङ्कुचित भावनाबाट मुक्त हुन सिकौं । यसो गर्न सिके घट्दै गएको सामुदायिक विद्यालयको साखलाई पुर्नजीवित गरी सर्वसाधारणहरुको पहुँचको विद्यालयलाई पुनः विकास गर्न सक्दछौं । सबैको सकारात्मक र साझा विचार र व्यवहारको मात्र खाँचो हो । त्यो हामीले नै पूरा गर्न सक्दछौं । अरुबाट आशा गर्नु भनेको आफू दायित्वबाट पन्छिनु मात्र हो ।

0 comments

Write Down Your Responses