Powered by Blogger.
पार्टीआमालाई श्रद्धाञ्जली दिन फाखेल पुगे एमाले नेता बोहोरा


काठमाडौं। नख्खु जेल बिद्रोहबाट मकवानपुरको फाखेलमा सेल्टर लिन पुगेका तत्कालीन नेकपा(माले) का १५ नेता पाल्ने पार्टीआमा ठूलीमाया बलको २१ औं पुण्यतिथिको स्मरण  फाखेलमा एक श्रद्धाञ्जली कार्यक्रम गरी गरिएको छ । 

मगलबार नेकपा(एमाले)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोलिट्व्युरो सदस्य तथा नारायणी इन्चार्ज केदार न्यौपाने, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडा, सभासद राजाराम स्याङतान, जिल्ला सचिवालय सदस्य मुनु सिग्देल, जिल्ला कमिटी सदस्य तथा फाखेल इन्चार्ज रामचन्द्र बल, क्षेत्रीय अध्यक्ष बिदुर हुमागाई लगायतले स्वर्गिय बलको योगदानको चर्चा गरे । 

कार्यक्रममा अध्यक्ष बोहोराले तत्कालिन अवस्थामा पाटी जोगाउन ठूली मायाले ठूलो भूमीका निर्वाह गरेको चर्चा गर्दै जंगलको कन्दमूल संकलन गरी बेचेर पार्टी नेतालाई खुवाउनु चानचुने कुरा नभएको बताए । उनले भने ‘यो पार्टीलाई देशैभरी फैलाई यत्रो विशाल बनाउन उहाँको ठूलो भूमीका छ, पार्टीले उहाँको स्मरण र कदर गर्नुपर्छ ।’

फाखेल गाँउ कमिटीले आयोजना गरेको कार्यक्रममा अवधारण पत्र राख्दै गाँउ कमिटी अध्यक्ष जीवन लामाले पार्टीको पहलमा फाखेलमा ठूलीको स्मृतीमा पार्क निर्माण गर्न, तत्कालीन परिवेशको स्मरणका लागि पहिले जस्तै केन्द्रीय कमिटी बैठक आयोजना गर्न र उनको तस्बिर क्षेत्र तथा जिल्ला कार्यालयमा राख्न माग गरेका छन् । नेता बोहोराले पार्टी नेतृत्वसंग कुरा गरी ऐतीहासीक घटनाको स्मरण हुनेगरी बैठक डाक्न पहल गर्ने आश्वासन दिए ।
ठूलीको भदौ ४ गते ७५ वर्षमा  निधन भएको थियो । फाखेलमा आयोजित कार्यक्रममा एमाले नेता बोहोराले पाटीृ केन्द्रका तर्फबाट २५ हजार रुपिंया ठूलीको परिवारलाई प्रदान गरे । चैत १२  ०३३  साल राती नख्खु जेल तोडेर भाग्न सफल तत्कालीन नेकपा मालेका सचिव सिपी मैनाली सहित १५ नेतालाई आश्रय दिएर ३ महिना पाल्ने ठूलीमाया बलले त्यतिबेला फाखेलको जंगलबाट काफल टिपेर फर्पिङ दक्षिणकालीसम्म बेच्न ल्याउने र त्यसबाट कमाएको पैसाले मकैको पिठो लगेर नेतालाई ३ महिना खुवाएको थिएन् ।


उनी एमालेका पूर्व केन्द्रीय सदस्य तथा नख्खुजेल विद्रोहका एक सशक्त व्यक्ति वीरबहादुर लामाको ठूलोबाका छोरी हुन् । जसलाई त्यतिबेला टाउकोको मोल तोकेका कम्युनिष्ट नेतालाई पालेको आरोपमा पञ्चायती सरकारले तीनपटक जेल हालेको थियो । लेखपढ नभएकी र सामान्य तामाङ परिवारमा जन्मिएकी उनको पार्टीप्रतिको आस्था भने अगाध थियो । पटकपटक प्रशासनले घर घेरा हालेर नेता लुकाएको आरोप लगाउँथ्यो । 
उनी वल्लो डाँडाबाट पुलिस आएको थाहा पाएपछि नेतालाई लिएर जंगलको ओढारमा लुकाउन पुग्थिन् । घरमा ढिँडो पकाएर दाउरा लिन जाने बहानाले ढिँडो डोकोमा हालेर ओढार पुग्थिन् । मकवानपुरको २ नम्बर क्षेत्रका तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले ठूलीमायालाई फाखेलमा भव्य कार्यक्रम गरी पार्टीकी आमा घोषणा गरेका थिए । ३१ दिन लगातारको प्रयासपछि नख्खुजेल तोडेर त्यो बेला सिपी मैनाली, वीरबहादुर लामा, माधव पौडेल, घनेन्द्र बस्नेत, जीवन मगर, प्रदीप नेपाल, नारद वाग्ले, नरेश खरेल, राजन राजवंशी, गोपाल शाक्य, अशोक न्यौपाने, भिष्म धिमाल, धर्म घिमिरे, कामेश्वर हलुवाई र हर्क खड्का हुन् ।

 त्यसमध्ये नारद वाग्ले पथलैयाबाट पक्राउ परे । गोपाल शाक्य भारत पुगेर पछि पार्टी सम्पर्कमा आए भने अन्य १३ फाखेलमै सेल्टर लिएर बसे । जसको बसाइको प्रबन्ध उनै ठूलीमायाले गरेकी हुन् । तत्कालीन अवस्थामा अनिकाल थियो, तैपनि उनले दाउरा बेचेर त्यो पैसाले गहुँ किनेर ल्याएरसमेत नेतालाई खुवाएकी थिइन् ।  ठूलीमाया बलको घर जंगलछेउमै भएकाले भाग्न सजिलो हुने भन्दै सबै नेताले त्यही घर रोजे । उनको हाल भग्नावशेष भएको घरमा सिपी मैनाली र झलनाथ खनाल महासचिव भएको २ बैठक बस्यो ।

ठूलीमाया बल





0 comments

Write Down Your Responses