Powered by Blogger.
ट्रेड युनियन विजयी


काठमाडौं । निजामति सेवा दिवसको उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित मैत्रीपूर्ण फुटबलमा ट्रेड युनियन– ११ ले मंगलबार जित हात पारेको छ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा युनियनले मुख्य सचिव– ११ लाई २–१ गोलले पराजित ग¥यो । 

विजयी टिमका लागि राजेन्द्र महर्जन र दीपेन्द्र केसीले १–१ गोल गरे । मुख्य सचिवका भरत कँडेलले सान्त्वना गोल गरे । विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका थिए । 

निजामति सेवा दिवसकै उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगिताका विजेतालाई पनि सोही अवसरमा पुरस्कृत गरिएको थियो ।श्रम विभागका राजकिशोर महतो पहिलो, खेलकुद मन्त्रालयका गणेश गुरुङ दोश्रो तथा सामान्य प्रशासन मन्त्रालयका टीकाप्रसाद पराजुली र वैदेशिक रोजगार विभागका सुरेन्द्र यन्द्यो तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८ हजार, ५ हजार र २÷२ हजार नगद पुरस्कार हात पारे ।

0 comments

Write Down Your Responses