Powered by Blogger.
जनकल्याणको जुनियर रेडक्रसमा मनोज



पालुङ, १२ असोज । मकवानपुरको थाहा नगरपालिका अन्तर्गत रहेको जनकल्याण उच्च माविको जुनियर रेडक्रस सर्कलको अध्यक्षमा मनोज तितुङ चयन भएका छन् ।

निर्वाचनमा अध्यक्ष पदमा मनोज तितुङ, अमरनाथ जैसवाल, सागर बिष्ट, आकृति मोत्तान, बविता घिमिरले उमेद्वारी दिएका थिए । ४  उमेद्वारलाई पछाडि पार्दै २ सय ४४ मत प्राप्त गर्दै तितुङ विजयी बनेका हुन् ।

विजेता तितुङलाई बुधबार विद्यालयको प्राङगणमा बधाई दिनुका साथै सिँन्दुर  र टिकाले स्वागत गरेको विद्यालयका शिक्षक गणेशमान श्रेष्ठले बताउनु भयो । तितुङको अध्यक्षतामा १० सदस्य चयन भएका छन् ।

जसमा एलिसा विष्ट, नवराज गोले, शशि घले, अन्जना लामा, अस्मिता लामा, युवराज लामा, सोफिया स्याङतान, आकाश पाख्रिंन , सोनिाया स्याङ्तान, शंखर थिङ चयन भएका छन् ।

0 comments

Write Down Your Responses