Powered by Blogger.
बज्रबाराहीबासीले जलाए मोदीको पुत्ला


पालुङ, १३ असोज । थाहा नगरपालिकाकाको बज्रवाराहीमा भारतले गरेको अघोषित नाका बन्दीको विरोधमा पुत्ला जलाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे स्थानीयहरुले पुत्ला जलाएका हुन् । 

स्थानीय प्रदिप भट्टको अगुवाइमा भएको भेला सहितको सरस्वती बजारमा भएको कार्यक्रममा सहभागीहरुले मोदीको पुत्ला बनाएर जलाएका हुन् । 

सहभागीहरुले मोदीको साँकेतिक शवलाई बजार परिक्रमा गरि लिलाखेल लगेरफेरी सरस्वतीबजारमा ल्याई दहन गरेका हुन् । 




0 comments

Write Down Your Responses