Powered by Blogger.
सबै परिस्थितिको जिम्मेवारी ठूला भनौदा तीन दलले लिनुपर्छ



भरत दाहाल, वाम विश्लेषक

बाबुराम भट्टराईको बन्दै गरेको नयाँ शक्तिमा तपाई पनि हुनुहुन्छ ?

त्यो होइन । बजारमा जुन प्रचार गरिएको छ, त्यो सरासर झुट हो । बाबुरामसँग एकता गरि उनले जन्माउन लागेको नयाँ शक्तिमा म रहने भन्ने मैले कल्पना नै गरेको छैन । बरु हामी सम्पूर्ण ‘सर्कल’लाई समेटेर राष्ट्रिय जागरण अभियान भनेर एउटा शक्ति जन्माउन लागेको छौैं ।

यो शक्ति नितान्तै रुपमा देशमा देखिएको समस्यालाई पहिचान गरि ति समस्याको हल गर्न हामीले यो शक्तिलाई अघि सरेका छौं । हाल देशमा देखिएको विद्यमान समस्याका साथै अबको बदलिँदो नेपाललाई यो देशको राज्यसत्ताले सम्बोधन गर्न सक्दैन भन्ने कुरामा हामी स्पष्ट छौं । त्यही कारण आज यो शक्तिको निर्माण गर्न परेको हो ।

अहिलेको राज्यसत्ता भने पूर्ण रुपमा औपनिवेशिक तवरको छ । यो कुराको पुष्टि अहिले नयाँ संविधान बनाउने बेलामा भारतबाट आएको दवावले पुष्टि गर्दछ । पहिलो कुरा त जनताका आधारभूत आवश्यकतालाई नै यो देशको राज्यसत्ताले सम्वोधन गर्न सकेको अवस्था छैन । अहिले हामीले सत्ता भन्दा बाहिर रहेर नयाँ शक्ति जन्माउने तयारी गरिरहेका छौं । त्यसको मूख्य उद्देश्य भनेको विद्यमान जनताका आधारभूत आवश्यकतालाई सम्वोधन गर्ने हो ।

बाबुरामजीले एमाओवादी पार्टी छाड्नुको कारण के होला ?

भारतीय ग्राण्डडिजाईन र पश्चिमी शक्तिहरुले चाहे अनुसारको संविधान ल्याउन नसकेपछि बाबुराम भट्टराईले बिचलित भएर पार्टी छाडेका हुन् । एमाओवादीमा बसेर आफुले भने रुपको काम गर्न नसक्ने अवस्था आएपछि भट्टराईले पदत्याग गर्नुको अर्को विकल्प नभएको ठहर गर्दै पदत्याग गरे । मिडियामा आएजस्तै उहाँको नेतृत्वमा नयाँ शक्ति जन्मने मैले कुनै संकेत नै देखेको छैन ।

विद्यमान अवस्थामा उनले नयाँ शक्ति जन्माउने कुनै आधार मैले देखेको छैन । उनमा नेतृत्व गर्ने क्षमता पटक्कै छैन् र उनमा नयाँ शक्ति जन्माउने स्पष्ट कार्यदिशा नै छैन् । यस्तो अवस्थामा कसरी जन्माउन सक्छन् भटट्राईले नयाँ शक्ति रु

उनले ठुलो गल्ती गरे । जस्तो भएता पनि नहुन भन्दा कानो मामा जाती भने झँै एमाओवादीमा बसी आफु गिर्नबाट उनी जोगिनुपर्ने थियो । यसमा भटट्राईले गम्भिर गल्ति गरेकै हुन् ।

अब प्रचण्ड र वैद्य बीचको एकता कत्तिको सम्भव देख्नुहुन्छ ?

बरु त्यो सम्भावना छ । तर त्यो फलामको ढुङ्गा चपाउनु सरह नै कठिन छ । किनकी एमाओवादी पतनको दिशामा उद्दत भयो, नयाँ जनवादी क्रान्तीलाई छाड्यो भनी किरणले जसरी पार्टीबाट सम्वन्ध बिच्छेद गरेका थिए, त्यसपछि किरणको दृष्टिकोणमा एमाओवादी त कुनै पनि हिसावले सच्चिएको छैन । जवकि दुवैपार्टीको कार्यदिशा पुर्व र पश्चिमको छ । यस्तो बीचमा कसरी हुन सक्छ एकता रु तैपनि प्रचण्डले आफ्नो शक्तिलाई बलियो पार्न प्रयास चाँही गर्लान तर झिनो सम्भावना छ ।

एमालेसँग एकताको चर्चा पनि चलेको छ नि  ?

बरु पछिल्लो पटक चर्चा गरिएको एमालेको एउटा पक्षलाई प्रण्चडले आफ्नो पार्टीमा ल्याउने वा गाभ्ने काम गर्न सक्छन् । किनकि एक तवरले हेर्दा एमालेको एउटा पक्षसँग केही दिन देखि प्रचण्डको साठगाँठ रहँदा यस्तो आशंका गर्ने ठाउँ उत्पन्न भएको हो ।

नयाँ संविधान जारी भएसँगै भारतले गरेकोे अघोषित नाकाबन्दीलाई कसरी हेर्नुहुन्छ ?

यो सबै परिस्थितिको जिम्मेवारी ठूला भनौंदा ३ दलले लिनुपर्छ । उनीहरुकै कारणले गर्दा आज यस्तो अवस्थाको सिर्जना भएको हो । भारतले यो पृष्ठभुमि १२ बुँदे समझदारी गर्दा देखिनै बनाएको हो ।  १२ बुँदे समझदारीमा संसदवादी र तत्कालिन जंगलमा रहेको नेकपा माओवादी बीचको सम्वन्धलाई जोडिदिएपछि उसको एउटा अलिखित सर्त भनेको नागरिकता ऐन सम्वन्धि थियो ।

जुन २०६३ सालपछि ७ दलका नामबाट गरिएको सबभन्दा पहिलो कामको रुपमा चिनिन्छ । उनीहरुले भारतले चाहेको आधारमा नागरिकता दिने कामको थालनी गरे । त्यस्तो खाले ऐनले भारतीयलाई नागरिकता दिने कुरामा प्रश्रय दिईदैं आएको छ । अहिलेको संविधानमा पनि त्यो राखिएको छ । त्यो भनेको नितान्तै रुपमा भारतको ग्रान्डडिजाईमा ल्याइएको हो । यसले भारतको स्वार्थ पुरा गरेको छ ।

जतीपनि भारतका स्वार्थ थिए नेपालको नयाँ संविधानमा नसमेटिदाँ उसले रिसको झोकमा अघोषित नाकाबन्दी गर्ने, अनेक बाहानामा विज्ञप्ती जारी गर्ने काम गरेको हो । भारतले नेपाललाई यो समयमा सिक्किमिकरण गर्न खोजेको भएता यो संभव नदेखेपछि नेपालको तराईलाई विखण्डन गरि आफू अनुकुलको नेपाली भु भागलाई भारतमा मिसाउने षड्यन्त्र रचेको छ । उसले यसका निम्ती कुनै कसुर बाँकी नराखी नकाबन्दी सम्म गर्ने चरित्रहिन काम गरेको छ ।

भारतले राखेका ७ बुदाँ जसरी मिडियामा आयो । त्यो नै भारतको चाहाना रहेको भन्ने बुझियो । तराई आन्दोलनका एक नेताका रुपमा लिईएका उपेन्द्र यादवले भारतका ७ बुदाँ सार्वजनिक भएपछि आफ्ना ति एजेण्डा नभएको भनि सार्वजनिक वक्तव्य जारी गरे । त्यसबाटनै पुष्टि हुन्छ कि तराईको आन्दोलन भारतको पूर्णरुपमा ग्रान्डडिजाईनमा भएको हो ।

भारतले गरेका माग नक्कली नागरिकतालाई आधार मानि गरिएका माग हुन् । यि पुरा हुनु भनेको नेपाली जनताको स्वाभिमान लुट्नु र नेपालको अस्मितामाथी बज्रपात सिर्जना गर्नु हो । भारतले यो रणनीति सफल पार्न हरेक प्रपञ्च रचिरहेको छ । नेपाली नेताले आत्मसमर्पण गर्ने हो भने उसको यो रणनीति सफल हुने देखिन्छ । नेपाली नेताको अग्नि परिक्षा यहाँनेर प्रस्तुत भएकै हो ।

अव निकासको बाटो के हुन सक्छ ?

भारतले नेपाललाई आफ्नो एउटा प्रान्तको रुपमा लिई सदैव सौतेनी व्यवहार देखाउदैं आएको छ । यो अहिले उदांङ्गो रुपमा देखाएको छ । यसका विरुद्ध नेपाली जनता एकजुट हुने र वास्तविकता बुझेर नेपालका राजनितिक दलहरुले एउटा अडान लिने हो भने भारतको विस्तारवादी यो हठ निश्चित रुपमा तुहिने देखिन्छ ।
नेपाली नेताले अव भारतले निउँ खोजेकै हो भने अन्य विकल्प खोज्नुपर्छ । अन्य देशसँग व्यापार सम्झौंता गरि अत्यावश्यक चिजहरुको निर्यात गर्न सक्नु पर्दछ ।
 नेपाली नेताहरु कसरी प्रस्तुत हुने हुन् यो त हेर्न बाँकी नै छ । एक फेर भिड्न परेपनि नेपाली जनता भारतसँग अर्को युद्ध गर्न तयार रहनुपर्ने आवश्यकता आएको छ । भारतको हैकमबादी चरित्र र उसको चेपुवामा बस्यो भने स्वाभिमानी नेपाली सावैभौमसत्ता समाप्त हुने निश्चित छ । त्यसैले एक पटक सवै गम्भिर हुने बेला आएको छ ।

अब तपाईहरुको भूमीका के रहन्छ त ?

सम्पूर्ण राष्ट्रभक्तीलाई समेटेर हामीले राष्ट्रिय जागरण अभियानलाई सक्रियताका साथ अघि बढाउँदैछौं । भारतीय विस्तारबादका विरुद्ध र नेपाली स्वाभिमानलाई जोगाई राख्न हामीले थाल्न लागेको अभियानलाई सम्पूर्ण देशभक्त नेपालीले साथ दिनेमा म विस्वस्त छु । धेरैपटक लड्न त लडियो अरुका निम्ती । यसपटक हामीले राष्ट्रको स्वाभिमान जोगाउनको निम्ती लड्नै परे पनि हाम्रो अभियानबाट लड्ने छौं । यसका साथै उत्पीडित, पिछडिएका, सिमान्तकृत वर्गको उत्थान र समग्र देशको विकासका निम्ती हाम्रो शक्ति केन्द्रित रहनेछ ।
प्रस्तुतिः विजय ज्वाला,नेप्लिज डट ओआरजी

0 comments

Write Down Your Responses