Powered by Blogger.
भीमफेदीको महिला जागृतिको १७ औँ साधारण सभा, नेत्तृत्व सम्हाल्दै रीता आले


भीमफेदी, १६ असोज । मकवानपुरको भीमफेदीका शतप्रतिसत घरधुरी महिला समेटिएको महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको १७ औ साधारण सभा शनिबार सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष राधा सिन्तान को प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष मङ्गला श्रेष्ठको सभापतीत्वमा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक कोपीला थापाले आर्थिक बर्ष ०७१÷०७२ को लेखा परीक्षण प्रतीबेदन पेश गर्नू भएको थियो । 

कार्यक्रममा ५ करोड ४१ लाख ३६ हजार ४८ रुपैयाको आय व्यय प्रस्तुत गरिएको थियोे । साधारण सभाले रीता आलेलाई अध्यक्ष पदमा चयन गरेको छ । आलेको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।  
जसको उपाध्यक्षमा चेतकुमारी पुडासैनी, सचिबमा निर्मला थापा, कोषाध्यक्ष चण्डिका दाहाल तथा सदस्यहरुमा जुना लामा, बिष्ण्ुाकुमारी थापा, सुमित्रा विक ,कृष्णकुमारी गोङ्गबा, तिलकुमारी पुडासैनी चयन भएका छन ।

यसै गरी लेखा समिति संयोजक पार्वती राना तथा सदस्यमा सरीता परीयार र सरस्वती लम्साल, ऋण समितिमा सिता लामा र  शिक्षा समितिमा अजिता सापकोटा चयन गरेको छ । हाल उक्त बचत सहकारी संस्थामा १२ सय उन्नाइस जना शेयर सदस्य रहेका छन् ।  संस्थामा ४६ दलित,  नौ सय तेह्र जनजाती र दुइ सय पचास अन्य सदस्य रहेका छन् ।  

पुरुषले भने उक्त सहकारीमा शेयर कारोबार गर्न पाइने छैन । कार्यक्रममा शेयर सदस्य कृष्णमायां राना, समाजसेवी सुरेन्द्रराज थीके, विकास संयोजक सरस्वती लामाले शुभकामना मन्तब्य राख्नु भएको थियो । यसैगरी बिभिन्न बिधामा उत्कृष्टलाई उपहार तथा बृद्धालाई दोसल्लाले सम्मान गरिएको थियो ।

तस्बिरः पार्वती रानाको फेसबुकबाट

0 comments

Write Down Your Responses