Powered by Blogger.
लण्डनमा आरजुको कला समर्पण


लन्डन । काठमाडौँकी आरजु सन्जेलको अहिले लण्डनमा समेत चर्चा छ । किननी उनले विदेशमा रहेर पनि नेपाली कला बेजोड ढंगले प्रसतुत गरेकी छिन् । मनदेखि नै लगाव भए केही काम गर्न समय र पैसाले रोक्दैन भन्ने उदाहरण उनले लण्डनवासी सामु पेश गरेकी छिन् ।  सन्जेल लन्डनमा अध्ययनरत अकाउन्टको विद्यार्थी हुन् तर उनको कलाप्रतिको समर्पण लोभलाग्दो रहेको छ ।

उनले यूकेको व्यस्तताबीच लन्डनमा चित्रकला प्रदर्शनी गर्ने सोच यथार्थमा परिणत गरेरै छाडिन् लन्डनस्थित नर्थहोल्ट लाइब्रेरीमा गतसाता  एकल चित्रकला सुरु गरेकी थिइन् प्रदर्शनीमा एक दर्जन चित्र टांगिएका छन् ।

प्रदर्शनीमा रहेका मध्ये ९ वटा चित्र चारकोल र ग्राफीट अनि बांकी तीनवटा पानी रंग पेस्टल मिश्रणबाट बनाइएको आरजुले जनाइन् थ्री फाइभ साइजका ति चित्रले नेपालको प्रकृति समेत झल्काएका छन् नेपालको लेक पनि उनको प्रदर्शनीमा समावेश छ ।

१८ वर्ष देखि उनले चित्र कोर्न थालेकी हुन् । एसीसीएको तीनवटा पेपर सकिएपछि उनी कलातिर झन् बढि समर्पित भइन् । १८ वर्ष छंदा उनलाई फोटोग्राफीको नशा समेत चढेर डिएसएलआर क्यामेरा नै किनेकी आरजु जीवनमा केही पृथक कुरा गर्न सधैं हौसिन्छिन् ।

फुर्सदमा उनी नयां प्रविधिबारे जान्न बुझ्न यूट्युव हेरिरहन्छिन् । सप्ताहन्त पुस्तकालयमा गएर कला सम्वन्धि पुस्तक अध्ययन उनको बानी हो । चित्र कोर्ने बेला यदाकदा कल्पनामा हराउंछिन् उनी ।


महिला, प्रकृति उनका रोजाइका विषयमा पर्छन् हाल एसीसीएको विद्यार्थी भएपनि आर्ट विषय अध्ययनका लागि उनी अर्को वर्ष विश्वविद्यालय जाने सोचाइमा छिन्



0 comments

Write Down Your Responses