Powered by Blogger.
विषादी पसलेकै अग्र्यानिक फर्म, खोसाखोस हुन थाल्यो गाँउमै उत्पादन


बज्रबाराही(थाहा नगर पालिका), ३० असोज । थाहा नगर पालिका वडा नम्मर १५ चुलीप्रानका कृषक माधवप्रसाद सुवेदी आर्थात माधव बाजे आफैं विषदी  बिक्रेता हुनुहुन्छ । तर, आफ्नो जग्गामा भने उहाँले रासायनिक मल र विषदी प्रयोग गर्नु भएको छैन । 

सुवेदीले चुलीप्रान स्थीत आफ्नो १२ रोपनी जग्गालाई आग्यानीक फर्मको रुपमा विकास गरी सबैका उदाहरणीय र नमुना कृषकका रुपमा आफूलाई उभ्याउँदै आउनु भएको छ । विषादी र रासायनिक मलले माटोमा असर गरी विभिन्न रोग निम्त्याएपछि आफू अग्यानिक खेतीतर्फ आकर्षित भएको उहाँ बताउनु हुन्छ । 

सुवेदीले आफ्नो पाखो बारीमा किवि फल, कोइरालो फूल, तेजपत्ता, सुगन्ध कोपीला र लप्सी रोप्नुभएको छ भने बीचको खाली जग्गामा चिराइतो, पाखानबेत जस्ता जटिबुटी रोप्नुभएको छ । त्यतिमात्र होइन घाँस उम्रिएर प्रयोग विहिन भएका उहाँका बारिका डिलमा समेत निउरो खेती लहलहाइरहेको पाइन्छ । उहाँले थोरै लगानीमा पनि आफूले दोहोरो फाइदा लिएको र स्थानीय कृषकहरुले आफ्नो सिको गर्दै जटिबुटी खेती गर्न लागेको जानकारी दिनुभयो ।

आफ्नो फर्मको फलफूल र जडिबुटीमा पत्कर ओछ्याइदिने तथा झार उखेलेर फेदमा राखिदिने बाहेक अन्य स्यहार गर्नुपरेको छैन । यति गरेरै राम्रो उत्पादन लिइरहुनभएका सुवेदी अग्र्यानिक खेतीबाट रोग कम लाग्ने ठम्याइमा पुग्नुभएको छ । 

करिब ५ वर्ष अघि सुरु गरेको यो फर्मको अध्ययन भ्रमण गर्न विभिन्न जिल्लाबाट कृषकको टोलीहरू आउने गरेको छन् । उक्त फर्मको उत्पादन स्वादिलो र पौष्टिकताले भरिपूर्ण भएकाले अहिले यहाँका उत्पादन स्थानीय उपभोक्ताबीच खोसाखोस छ । 

सुवेदीले गर्वसाथ भन्नु भयो – ‘घरमै निउरो, लप्सी र अचारका लागि कोइराला फूल किन्न आउनेहरूको भीड लाग्छ । आफ्नो उत्पादन बारीबाटै बेचेर बढी भएमा मात्र स्थानीय बजारमा ल्याउने गरेको सुवेदीका छोरा फणिन्द्रनाथ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ – ‘सुरुमा त मकै लगाउने जग्गामा बुबाले के गर्न लाग्नु भएको हो, असफल भइयो भने परिवारकै पेट भोकै रहने पो हो कि भन्ने चिन्ता लागेको थियो, तर सबैको हाइहाइ अनि दोब्बर कमाइ हुन थालेपछि दङ्ग परेका छौं ।’

बालीनालीमा अनियन्त्रीत रोग भित्रिन थालेको बेला सुवेदीको यो फर्मलाई समय सापेक्ष नमुनाको रुपमा सबै कृषकले सिको गर्नु पर्ने बज्रबारही गाविसका पूर्व उपाध्यक्ष ईश्वरलाल रुम्बाको राय छ । 





0 comments

Write Down Your Responses