Powered by Blogger.
सारङ्गी बादक बर्तौला भन्छन, ‘गाइनेको पछि लाग्यो भन्दै हजुरबा झण्डै जोगी भएका’



पालुङ, १ कात्तिक । स्कूल जीवनबाटै सांगीतिक कार्यक्रममा सहभागी हुने, नाँच्ने, मादल बजाउने कार्यमा झुम्मिदै आउनुभएका दामन घर्तीखोलाका दिनेश वर्तौलाले आफ्नो परिवार नै सांगीतिक माहोलमा रमेर जिन्दगी बिताउँला भनेर सायदै सोचेका थिएँ । तर अहिले उनले आफ्नै एकल प्रयासमा आधा दर्जन लोक दोहोरी एल्बम प्रकाशित गरिसकेका छन् । गीतमा मोडलिङ गरेका उनले सांगीतिक फाँटको रौसले नयाँ म्युजिक कम्पनी समेत स्थापना गरेका छन् । 

केही बर्ष अघिसम्म पश्चिमका गन्र्धवहरु सारगी रेट्दै गाउँ गाउँ पुगेर मिठो गीत गाउँथे, अन्न तथा पैसा बटुलेर गुजारा गर्थे । टिस्टुङ पालुङमा पनि त्यस्तै फिरन्ते गन्र्धव टोली आयो । सांरगी औधी मनपर्ने दिनेश एक महिनासम्म उसको पछि पछि लागे । पुरातनका पक्षपाती उनका हजुरबाले ‘गाइनेको संगतले जेठो बिग्रने भयो भन्ने ठानेर जोगी बन्छु’ समेत भनेछन् । 

उसले फर्केर जाँदा उपहारस्वरुप उक्त सांरगी दिनेशलाई दिएछ । प्रयास गर्दै जाँखा ‘¥याई ¥याई’को रमाईलो आवज निकाली गीतको तालमा सांरगी बजाएर मिठो धुन निकाल्न सक्ने भए दिनेश । सांरगीप्रति साधानरत दिनेशले प्रमाण पत्र तह अध्ययन गर्दै गर्दा गाउँमै दामन पालुङ सांस्कृतिक समूह स्थापना गरे ।  उक्त संस्थाले स्थानीय प्रतिभाहरुलाई गायन र बाद्यवादनका तालिमहरु खुलायो । धेरै स्टेज कार्यक्रम आयोजना गरिए । 

प्रमाणपत्र तहको पढाई सकेर दिनेश स्नातक पढ्न काठमाडौं आए । त्यहाँ उनले  नेपाली लोकबाजा संग्राहलयको सदस्यता मात्र लिएनन् व्यवस्थित र शास्त्रीय किसिमको सांरगी प्रशिक्षण समेत पाए । लोकबाजा संग्राहलयमा सांरगी सिक्दै गर्दा उनले थुप्रै कार्यक्रमहरुमा सांरगी बजाउने सौभाग्य पाए । सांरगी सप्ताह नामको कार्यक्रम लगातार १२ घण्टा सांरगी बजाए । त्यतिमात्र होइन पहिलो ऐतिहासिक सांरगी बाद्यन प्रतियोगीता सहभागी भए । गन्र्धर्व बाहेकका जातिबाट अर्काे एक जना साथी र उनीमात्र त्यो कार्यक्रमा सहभागी थिए । 

राष्ट्रिय दोहोरी प्रतियोगितामा पनि उनले सांरगी बाधकमा रुपमा काम गरेका छन्  । थुप्रै लोकदोहोरी एल्बमहरुका लागि उनले सांरगी बजाएका छन् । हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुर शाखामा समेत रहेका बर्ताैलाको परिवार नै सांगीतिक माहोलमा रमाएको छ । संगीत क्षेत्रमा संघर्ष गर्दा गर्दा उनले झापाकी सकुन्तला कार्कीसँग प्रमेपछि विवाह गरे । कार्कीले दुई दर्जनजति लोक दोहोरी गीतको एल्बममा स्वर दिनुभएको छ । त्यस्तै उनका भई सुरेस पनि सरकारी सेवामा क्रियाशिल रहनुका अलावा सांगीतिक क्षेत्रमा लागेका छन् । ‘मायालाई जोख्ने तराजु’ मा एउटै परिवारबाट श्रीमान् श्रीमती र भाईले स्वर दिनुभएको छ । बर्तौलाले ‘मकवानपुरको कान्छी र ‘आजभोली लडाई चर्कन्छ’ नामको एल्बमहरुका लागि मोडलिङ समेत गरेका छन् ।

संगीतप्रति बाल्यकालदेखि नै झुकाव भएका कारण उनले यो क्षेत्रलाई माया मार्न सक्नु सकेका छैनन्  तर सहज रुपमा जीवन गुजारा गर्न नसकेपछि एक होटलमा ‘कुक’ काम गर्न समेत गर्छन् । भन्छन् ‘यसमा लागेर नाफा छैन, तैपनी चिर परिचित हुनु पाएकोमा खुसी लाग्छ ।’

संगीत क्षेत्रबाट आत्मसन्तुष्टी प्राप्त भएकोले उनलाई खुसी लाग्छ रे । 



0 comments

Write Down Your Responses