Powered by Blogger.
थाहा नगरका निजी विद्यालय बन्द हुने


पालुङ, ११ कात्तिक । इन्धन अभावले मकवानपुरको थाहा नगरपालिकाका अधिकांश निजी विद्यालयहरु सञ्चालनमा कठिनाई हुन थालेको  छ । 

बसबाट विद्यार्थीहरु ल्याउनुपर्ने तर इन्धन अभावका कारण समस्या आएको भन्दै विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् ।   ‘ ‘जसो तसो जोहो गरि केहि दिन सञ्चालन गर्दै आएको आई रहेकोे थियौँ अव भने सञ्चालन गर्न कठिनाई भयो ।’–पालुङ भ्याली हार्ड एकेडेमिका प्रीन्सीपल सुरेन्द्र मान प्रधानले बताउनु भयो । 

भूकम्पले पढाइ अवरुद्ध भएकोले सामुदायिक विद्यालयले तिहार अघि बिदा नदिने  योजना बनाइएको थियो । बसबाट विद्यार्थी ओसार्ने विद्यालयहरू भने सबैजसो बन्द हुने अवस्था आएको पालुङ मोडन इङिलस सेकेन्डरीका सह प्रध्यानाध्यपक रुपक उप्रेतिले बताउनु भयो । 

तेलको लागि पहल गरिरहेको र तेल आयो भने तिहार अगाडि विद्यालय सञ्चालन गर्न गाह्रो नहुने प्रधानले बताउनु भयो । दसैं मनाउन घर गएका अभिभावक विद्यालय खुल्ने भन्दै आसपासका ठाउँहरुबाट छोराछोरी लिएर आएको तर कक्षा सञ्चालन नहुदा विद्याथीको परिक्षमा नतिजा विग्रने भन्ेने अर्को अभिभावकलाई चिन्ता बढेको छ ।‘ 

तेल व्यवस्थापन गर्न जिल्ला शिक्ष कार्यलय मकवानपुरका प्रमुखलाई अनुरोध गगरेपनि  देशको परिस्थितिका कारण कुनै  व्यवस्था नभएपछि तिहारसम्म विद्यालय बन्द गर्नुको विकल्प नभएको जवाफ आएको छ ।तर  बसबाट  विद्यार्थी ल्याउनुपर्ने अवस्था  नभएका सामुदायिक विद्यालयलाई  भने यसले कुनै असर परेको छैन ।–रुपक कलिराज

0 comments

Write Down Your Responses