Powered by Blogger.
फाखेलमा जन्मिएका अमेरिकावासीले गरे भूकम्प प्रभावित विद्यालयलाई सहयोग


काठमाडौँ, ११ कात्तिक  । तामाङ सोसाइटी अफ अमेरिका टीएसएका पूर्व अध्यक्ष इन्द्र तामाङको विशेष पहलमा  भूकम्पबाट क्षति भएको विद्यालयको पुन निर्माणका लागि रकम हस्ताणतरण गरिएको छ । 

कात्तिक १० गते  राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सङ्कलित १३ लाख हस्तान्तरण गरिएको हो ।मकवानपुरको फाखेलमा जनिमएरहाल अमेरिका बसोबास गरिरहेका तामाङले वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षति भएको विद्यालयको भौतिक संरचना पुन निर्माण तथा शैक्षिक गुणस्तरका लागि सो रकम हस्ताणतरण गरिएको  बताए । उनले विद्यालय विगतकै अवस्थामा संचालन गर्नका लागि अमेरिकामा रहेको सहयोगी हातहरूको तर्फबाट  रकम प्राप्त भएकाले रकम सदुपयोग गर्न आग्रह गरे ।

नेपाल तामाङ कलाकार सङ्घको आयोजनामा भएको कार्यक्रममा नवलपुर मावि सिन्धुपाल्चोकलाई ४ लाख, भीम मावि भेड्पु दोलखालाई ३ लाख, सेती देवी प्रावि दोरम्बा रामेछापलाई १ लाख, जनज्योती मावि काभ्रेलाई १ लाख र च्याम्रा देवी प्रावि धादिङका विद्यालय व्यवस्थापन समितिको प्रतिनिधिलाई १ लाख रूपियाँ अध्यक्ष तामाङले हस्तान्तरण गरेका थिए ।

यसैगरी सामाजिक सेवामा क्रियाशील संस्था नाम्ग्याल रिम्पोर्छे फाउन्डेशन नेपाललाई १ लाख रुपियाँ र तामाङ भाषा, गीत सङ्गीत कला संस्कृतिको संरक्षणको अभियानकर्ता नेपाल तामाङ कलाकार सङ्घलाई १ लाख गरी जम्मा १३ लाख रुपियाँ रकम हस्तान्तरण गरिएको थियो । यसैगरी अमेरिकामा रहेका समाजसेवी तथा सिन्धु समाज अमेरिकाका अध्यक्ष वंशलाल मोक्तानले पनि तामाङ कलाकार सङ्घलाई व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले विश्वमा छरिएर रहेको नेपालीहरूले नेपालको शैक्षिक क्षेत्रको गुणस्तरका लागि टिएसएले जस्तै भूमिका निर्वाह गर्नु पर्ने धारणा राखेका थिए । जहाँ रहे पनि नेपाली भावनाले मात्रै नेपाली संवृद्ध हुन सक्ने उनको भनाइ थियो ।

कलाकार सङ्घका अध्यक्ष इन्दिरा गोलेको सभाध्यक्षमा भएको कार्यक्रममा सङ्घीय समाजवादी फोरम पार्टीका पोलिटब्यूरो सदस्य वीरबहादुर लामा, भाषाविद् अमृत योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव तथा छार गोङमा मासिकका प्रकाशक तथा सम्पादक प्रतिक ङेसुर तामाङ, समाजसेवी गजेन्द्र लामा, सिन्धु समाज अमेरिकाका अध्यक्ष वंशलाल मोक्तान, कलाकारहरू चन्द्रकुमार दोङ, चन्द्रकुमार मोक्तान, रोज मोक्तानलगायतका  वक्ताहरूले संबोधन गरेका थिए ।


0 comments

Write Down Your Responses