Powered by Blogger.
भूकम्पपछि मुहान सुक्यो, पालुङमा हुन थाल्यो खाने पानी हाहाकार


थाहानगर, १३ कात्तिक । पानीको मुहान सुकेपछि मकवानपुर जिल्लाको थाहा नगरपालिकामा खानेपानीको हाहाकार भएको छ । थाहा नगरपालिका वडा नम्मर १, २ र ३ मा मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । वडा नम्मर १ टाखेलमा रहेको ८२ घर धुरीलाई खाने पानीको समस्या ‘अत्यन्तै समस्या’ उत्पन्न भएको पञ्च कन्या  प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका स्थानीय समाजसेवी युद्ध थोकरले बताउनु भयो  ।

थाहा नगरका केही ठाउँमा खानेपानीको हाहाकार पहिलो पटक भएको स्थानीयहरुको भनाई छ । ‘दःुख पनि एकैचोटी खनिएको जस्तो भने नै झै भाको छ हामीलाई, पहिला घर दैलेमा धारा थियो ।  हाल ३०,४० मिनेट हिडेर पानि बोक्नु पर्छ  । ’ स्थानीय कान्छी थोकरको गुनासो छ ।

स्थानीयले ३०–४० मिनेट हिँडेर ल्याएको पानीले दैनिक कामकाज चलाएको समाजसेवी थोकरले बताउनु भयो । त्याँहाको पानी पनि फोहोर रहेको बताइन्छ । तैपनि  वाध्यताले काम चलाइरहेको उहाँले थप्नु भयो । त्यस्तै थाहानगर पालिका २ र ३ नम्मर वडाका अधिकाँश स्थानियहरुलाई पनि पानीको समस्य परेको वालकृष्ण कार्कीले बताउनु भयो । कहिल्यै नभएको हाहाकार यस वर्ष भुकम्पको कारणले भएको र शक्तिशाली भुकम्पले गर्दा बस्ने घर गोठ मात्र भत्काएको नभई खानेपानीको मुहानै सुकाएको स्थान्ीय शुसाल थोकरले गुनासो गर्नुभयो । 

यस वर्ष बैशाख १२ र २९ मा गएको विनाशकारी भूकम्पले गर्दा पानीको मुहान बिगारेको उनीहरुको अनुमान छ । भूकम्पले धर्ती हल्लाएको र पानीको सहतमा समेत यसको असर परेको बताइन्छ । भूकम्पपछि केही ठाँउमा मुल पलाएको कारण  स्थानियहरु खुसी भएपनि सो खुसी अहिले आएर दुखमा परिणत भएको  स्थानीयको भनाई छ । 

स्वच्छ खानेपानी पिउन पाउनु नागरिकको मौलिक अधिकार हो । नागरिकको यो अधिकार प्रति नगरपालिका र त्यसका निकायहरु जिम्मेवार हुनु जरुरी छ । पानी नै नपाएर संकटमा परेका वस्तीहरुमा खानेपानीको उचित प्रवन्ध मिलाउन नगरपालिकाले व्यवस्थपन गर्नु जरुरी भएको सथानीय अधिकारकर्मीको तर्क छ । 




शब्द तथा तस्बिरः रुपक कालिराज, पालुङ

0 comments

Write Down Your Responses