Powered by Blogger.
बज्रबाराही मेरो गाउॅ



हरियाली चारैतिर
वृक्ष सुन्दर पालुवाको
शैसव काल बित्यो यतै
यो एउटा बटुवाको।


डाँडापाखा वनकुञ्जमा
साथीसॅगी हाहाहुहु
सॅगीतका धून बज्थे
कोइलीको कुहूकुहू।


भिज्दा आॅखा ओभाउॅथे
पिपलूको चौतारीमा
दुई चार सुका उठाई
खाजा हाम्रो दौॅतरीमा।
सुभाष केसी



मकै भटॉस पोकोसॅगै
दौड हुन्थ्यो पालुङ–दामन
सम्झे अझै काम्छ ज्यान
सिमभन्ज्याङ्गको चिसो पवन।

सम्झेॅ  आॅखा रसाउॅछ
बज्रबाराही मेरो गाउॅघर
किन किन कुण्ठित लाग्छ
कर्मभूमी बिशाल सहर।।

0 comments

Write Down Your Responses