Powered by Blogger.
मकवानपुर आइडलको अडिसन कात्तिक २१ मा बज्रबाराहीमा हुने


पालुङ, कात्तिक १५ । मकवानपुरको आग्रा गाविसमा भएको मकवानपुर आइडलको दोस्रो छनोट कार्यक्रमबाट ५ प्रतिश्पर्धी छनोट भएका छन् ।

मकवानपुर आइडलका संयोजक सानोवावु मोत्तान र संगीतप्रेमी गणेश मोत्तानको निर्णाकमा भएको अडिसनमा आग्रा गोगने गाविसका १६ जना मध्येबाट दिपक कालिराज, सुस्मिता तामाङ, सविता कालिराज, आशिका लामा र संगीता कालिराज छनोट भएका हुन् ।

सो अडिसनबाट छनोट भएकाहरुले पियानो राउण्डमा गाउन पाउने भएका छन । कार्यक्रममा सुन्दरीदेवी विद्यालयका सहप्रध्यानाध्यपक शुभराज गोले, डाइमो एकेडेमिका प्रिन्सीपल शिभराज थिङ लगायतको उपस्थिती रहेको थियो ।

यस लगत्तै २१ कात्तिकमा थाहा नगरपालिको वज्रवाराही र मार्खुको लागी थाहा नगर वज्रवाराही अन्र्तगत वज्रवाराही उच्च माविमा र कात्तिक २२ मा दामन र पालुङ लागी थाहा नगरपालिका वडा नम्मर.७ मा रहेको कला केन्द्रको भवनमा हुने भएको छ । ‘मकवानपुर आईडल’ मकवानपुुको पालुङ हुने फाइनल अडिसनमा प्रथम हुनेललाई ६० हजार पुरस्कार र एल्वममा गीत गाउन दिइने छ । द्धितिय र तृतिय हुनेलाई क्रमश ३० हजार र २० हजार प्रदान गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses