Powered by Blogger.
टिस्टुङ–बज्रबाराहीको भटुवालमा खुल्यो प्राचिन दरबार झल्काउने भव्य रिसोर्ट




मकवानपुर,४ मंसिर । अरुबेला एकजना गोरो छाला भएको विदेशी देख्न गाह्रो पर्ने उत्तरी मकवानपुरको टिष्टुङ पालुङमा असोज महिनाबाट स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति तिव्र भएको छ ।  

यहि महिनादेखि टिष्टुङ बज्रबाराहीको भटुवालमा  संचालनमा आएको ‘ओम अध्याय रिट्रिट’ ले सबै सुविधा दिन थालेपछि पर्यटकहरु आउन थालेका हुन् । मकवानपुरको जिल्लाको थाहा नगर पालिका अन्तर्गत  टिस्टुङ –बज्रबाराहीको  भटुवालमा अत्याधुनीक सुविधा सहितको रेर्सोट सञ्चालनमा आएपछि यसक्षेत्रको चर्चा बढेको हो ।

सो रेसोर्ट विविध अत्याधुनीक सुविधा सहितको रहेको छ ।  काठमाडौँबाट करिब ६५ किलोमिटरको दूरीमा रहेको टिस्टुङ–बज्रबाराहीमा आन्तरिक तथा बाह्य पर्यटकलाई खाने बस्ने सुविधा सहितको मनोरम दृश्यावलोकन गर्न सकिने स्थानमा रेसोर्ट रहेको छ । प्रकृतिसँग रमाउनेहरुका लागि उपयुक्त स्थानमा रिसोर्ट संचालन गरिएको संचालक अर्जुनसिंह ठकुरी बताउँछन् ।

अर्जुनसिंह ठकुरी सञ्चालक,

  
भटुवालमै  जन्मिएर काठमाडौँमा सूचना प्रविधी व्यबसाय गरेर धेरैलाई रोजगारी दिईरहेका ठकुरीले आपÞm्नै जन्मथलोमा रिसोर्ट निर्माण गरि आफ्नै गाउँठाउंलाई सबैको सामु चिनाउन र रोजगारीको सिर्जना समेत गर्न पाउँदा आफुलाई गर्व लागेको बताए ।


आफ्नै व्यक्तिगत स्वामित्वमा रहेको १९ रोपनी जमिनमा उनले करिब दुई करोड़ रुपिँया लगानी गरी  सो रिसोर्ट निर्माण गरेका हुन् । रिसोर्ट निर्माणमा स्थानीय परम्परागत शैलीलाई पछ्याइएको र सेवाग्राहीले खानपान तथा आवाशमा आफ्नै मौलिक परिवेशको घरमा बसेजस्तो अनुभुती गर्न सक्ने बताइनछ । रेसोर्ट नेपाली संस्कृति र आधुनिक निर्माण शैलीमा बनाइएकोले सेवाग्राहीले सो रेसोर्टमा पस्ने वित्तिकै प्राचिन दरबार तथा मन्दिर जस्तो झल्को पाउने गर्छन । आधुनिक इँटाको सजावटले रिसोर्ट थप आकर्षक देखिएको छ । 


रेसोर्टमा बालबालिका देखि वृद्दवृद्दासम्मलाई मनोरंजन दिने किसिमका सुविधा निर्माण गरिएका छन् । ८ बेडरुम साथै गोष्ठी तथा सेमिनारका लागि एउटा बहुउद्देश्यीय हल रहेको यस रिसोर्टमा, सुन्दर तरिकाले निर्माण गरिएको फायरपिट, कोल्ड वाटर थेरापी सुविधासहितको प्लंजपूल,  र  प्राचिन शैलीमा निर्माण गरिएको ढुंगेधारा र वाटर फाउन्टेनले रिसोर्टको वातावरणलाई अझ रमणीय बनाइदिएको छ ।


  शान्त तथा स्वच्छ वातावरण र रमणीय स्थानमा रहेकाले व्यस्त दैनिकबाट  मुडफेस गर्न आउनेहरुका लागि यस रिर्सोट उपयुक्त स्थान भएको बताइन्छ । रिसोर्टले कृषि तथा पर्यावरणीय पर्यटनलाई प्रवद्धन गर्न सघाउन पुर्याउने तथा कृषि र प्रकृतिसंग रमाउन चाहने हरुलाई पूर्ण सन्तुष्टि दिने  प्याकेज अघि सारिएको छ । ‘यहाँ आउनेले गाउँले जीवनको अनुभव गर्न सक्ने तथा  त्यसै अनुरुपको प्याकेजहरुको व्यवस्था गरेका छौं । ’ ठकुरीले भने– ‘यस्ता प्याकेजभित्र कृषिमा आधारित विभिन्न क्रियाकलापहरु धान रोप्ने, गोड्ने, मौसम अनुसारको खेती लगाउने, हलो जोत्ने, तोरी र फापर रोप्ने र काट्ने जस्ता कार्यक्रमहरु समावेश गरिएका छन् ।’  
पर्यटकलाई नजिकको खोलामा माछा मार्ने, विभिन्न किसिमका कृषिका कार्यक्रममा सहभागी हुने, पहाडमा साइकल चलाउने, छोटो तथा लामो दुरीको पैदल यात्रा गर्ने, कुलेखानीमा डुंगा सयर, मनोरम दृश्यावोलाकन, जंगल सफारी, फोटोग्राफी, भिडियोग्राफी, भेडा फार्म अवलकोन, सुर्योदय र सुर्यास्तका दृश्याबलोकन जस्ता आकर्षक क्रियाकलापले १ दिन देखि हप्ता दिन सम्म समय बिताउन सजिलो हुने सञ्चालक ठकुरीले जानकारी दिए । 

यस्ता कार्यक्रमहरुले शहर र गाउँको सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग गर्ने उनी बताउँछन् ।  लामो समय देखि नेपालमा बस्दै आएका विदेशीहरुले समेत नेपाली जनजीवनलाई नजीकबाट नियाल्न सहयोग पु¥याउने हिसाबले  यस्ता कृषीमा आधारित प्याकेज सुरु गरिएको उनको तर्क छ । कृषि प्रधान देश नेपाललाई नजिकबाट नियाल्न तथा नेपालीको जनजीवन अनुभव गर्न पनि यसले सघाउ पुग्ने उनी बताउाछन् । 

रिसोर्टमा विद्यालय, कलेज र अफिस लगायतका ठुला समूह हरुलाई लक्षित गरी विभिन्न ३ देखि ५ वटा समूहलाई एकै पटक पिकनिक मनाउन मिल्ने, मनोरम दृश्य नियाल्न सकिने पिकनिक स्पटहरु पनि निर्माण गरिएको छ । रिसोर्टको वरिपरि पाँच रोपनी जमीनमा किवी फलको खेती गरिएको छ । किवी फल सम्बन्धी व्यवसाय गर्न इच्छुक आगन्तुकलाई किवी फल बारे सम्पूर्ण जानकारी पनि दिने उनीहरुको सोच छ ।

रिसोर्ट परिसरमा आंशिक जंगल क्षेत्र पनि रहेको हुँदा उक्त स्वच्छ र शान्त जंगल योगा र ध्यानका लागि अति नै उपयुक्त रहेको छ । बिभिन्न किसिमका रुखबिरुवाले भरिएको जंगल सहितको पहाडले घेरिएको सानो गाउँमा अवस्थित यस रिसोर्टले जंगलमा भएका रुखबिरुवा को बारेमा जिज्ञासु आगन्तुकलाई विस्तृत रुपमा जानकारी दिने पनि गर्दछ । विशेषगरी जंगलमा अधिक मात्रामा पाइने गोब्रे सल्ला र लालीगुराँसले यस ठाउँलाई थप आकर्षक बनाएको छ । 

 भान्सामा गाउँमै उत्पादित खाद्य वस्तुलाई जोड दिइएको हुँदा यहाँ आउने पर्यटकहरुले फरक स्वाद अनुभव गर्न पाउनेछन् । नियमित खानाको अतिरिक्त स्थानीय तहमा उत्पादित किवी फल, बाख्राको चिज, कुलेखानीको माछा, लोकल कुखुरा आदि पर्यटकका लागि नौलो हुने उनले बताए ।

नजिकैको प्रसिद्ध मन्दिरहरु उन्मत्तेश्वर महादेव र श्री बज्रबराहीले यस ठाउँको यात्रालाई धार्मिक बनाउने छ ।  े पर्यटकहरुले बाइसे चौबिसे राज्यको पालामा बनेको राजदरबार, कोतघर, ऐतिहसिक बस्ति, मान्छेले गाडी बोकेर काठमाडौँ भित्र्याइएको बाटो जस्ता ऐतिहासिक आकर्षणहरुको अवलोकन गर्न पाउनेछन् ।  

निकट भविस्यमा रिसोर्टमा अरु धेरै टेन्ट क्याम्पहरु राख्ने, बन्जी जम्पिंग र प्यारा ग्लाइडिङ्गका लागि सम्भाव्यता अध्यन गर्ने र यस क्षेत्रमा रिसोर्टका अन्य शाखा विस्तार गर्दै  यस समग्र क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकशित गर्ने  योजना रहेको ठकुरीले बताए । यसका लागि आफुले देश भित्रकै अन्य साना लगानीकर्ता हरुलाई हौसला प्रदान गर्दै, पूजी संकलन र परिचालन गर्ने उनको सोच छ ।





(गोलोमेच डटकमको समेत सहयोगबाट)

0 comments

Write Down Your Responses