Powered by Blogger.
भारतीय नाकाबन्दीको विरोधमा राष्ट्र सङ्घमा ज्ञापनपत्र

अमेरिका २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् ।



मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो सङ्ख््यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए ।

दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव भइसकेको अवस्थामा समेत भारतीय पक्षबाट नाकाबन्दी खोल्ने कुनै चासो र सङ्केत नदेखाएको कारणले स राष्ट्र सङ्घको ध्यानाकर्षण गर्दै चाँडो नाकाबन्दी खोल्ने वातावरण बनाउन विरोध प्रदर्शन गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताउनुभयो ।

विनाशकारी भूकम्पमा उद्धार गर्नुभएका र नाकाबन्दीका बेला केही समय नेपालमा नै रहनुभएका एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल एउटा छिमेकीले यस्तो अवस्थामा पनि यसरी दुःख दिन्छ भनेर आफूले कल्पना समेत गर्न नसक्ने बताउँदै आफू टेक्सास राज्यबाट विरोध प्रदर्शनमा भाग लिन आएको जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses