Powered by Blogger.
ठूलोएकादशी मेलाका लागि ऋषेश्वर मन्दिर सरसफाई


दामन, ५ मंसिर । थाहा नगरपालिका अन्तर्गत रहेको एभरेष्ट क्लब दामनको पहलमा दामनको ऋषेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको छ । 

दामनको ऋषेश्वर मन्दिरमा मंसिर  ६ गते लाग्ने एकादसी मेलालाई लक्ष्य गरी त्यस क्षेत्र आसपास विशेष सरसफाइ गरी मन्दिर आसपासका क्षेत्रलाई आकर्षक पारिएको हो ।  क्लवका यूवाहरुको सक्रियतामा मन्दिर परिसरमा पिउनेपानी देखि  विजुली बत्तीको समेत जडान गरिएको क्लवका संस्थापक अध्यक्ष बिनोद लामाले जानकारी दिनुभयो । 

 सो मेलामा मकवानपुर लगायत धादिङ, चितवान, बरा पर्सा ,काठमाडौँ लगायतको ठाउँहरुबाट पनि भक्तजनले मेला भर्ने गर्छन ।हिन्दुहरुको आराध्यादेव ऋषेश्वर महादेव  तथा वौद्ध समुदायको आसथावान गुरु रिम्पोक्षेले तपस्या गरेको स्थान पनि यही स्थानमा पर्छ । 

त्यसैले सो मेलामा हिन्दु र वौद्ध दुबै समुदायका भक्तजन सहभागी हुने गरेका छन् । पहराको बीचबाट मुल फुटेर पानी निस्किएकाले पनि यो स्थान एकपटक पुग्नै पर्ने स्थानको रुपमा परिचित छ । ऋषेश्वर महादेवको दर्शन गर्दा मनले चिताएको कुरा पुग्ने विश्वास छ । भोलिको मेलामा स्वयम सेवक परिचालन हुनेछ ।



0 comments

Write Down Your Responses