Powered by Blogger.
कुसंस्कार हटाउन थाहामा वक्तृत्वकला


पालुङ, ५ मंसिर । जनकल्याण उच्च माविको प्राङगणमा शुक्रबार अन्तर सम्वाद वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ  । 

सामाजिक कुरीति तथा  कुसंस्कार हटाउन किशोर किशोरीको भुमिका भन्ने विषयमा भएको प्रतियोगितामा जनकल्याण उच्च माविका विष्णुमाया थिङ प्रथम, शिखर उत्थान किशोरी सम्वाद केन्द्रका निसा नेपाली द्धितिय, स्मृति किशोरी सम्वाद केन्द्रका सफलता नेपाली तृतिय र सृजना किशोर सम्वाद केन्द्रका नविना सुनार सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । 

प्रतियोगिताको निर्णायक मण्डलमा रामकुमार वल, मधुसुदन विष्ट र विष्णु रिजाल रहनु भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका विद्यालय र टोल टोलमा गठन गरिएको सम्वाद केन्द्रका किशोर किशोरीहरुले भाग लिएका थिए । 

जनकल्याण उच्च माविका प्राचार्य सानोभाई कार्कीको अध्यक्षतामा भएको प्रतियोगितामा कार्कीले प्रथम द्धितिय, तृतिय र सान्त्वना हुनेहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको थियो । कार्यक्रम थाहा नगरपालिका सम्वाद केन्द्रको आयोजनामा भएको थियो । 

0 comments

Write Down Your Responses