Powered by Blogger.
पालुङका साहित्यकार बिर्खे अन्जानलाई नमस्ते साहित्य रत्नद्धारा सम्मान गरिने


पालुङ, २२ मंसिर । थाहा नगर पालिका, दामन घर्तीखोला स्थायी घर भएका युवा साहित्यकार लक्ष्मण बर्तौला अर्थात  विर्खे अञ्जानलार्इ ‘नमस्ते साहित्य रत्न’द्वारा सम्मान गरिने भएको छ । 

नेपाली भाषा, साहित्यको क्षेत्रमा बिगत दुई दशकदेखि समर्पित रहँदै आउनु भएका मकवानपुरका युवा कवि, समीक्षक तथा साहित्यकार बिर्खे अञ्जानलार्इ नमस्ते साहित्य रत्न २०७२ द्वारा सम्मानित गरिने जनाइएको छ । 
२०७२, सालमा पल्लव साहित्य प्रतिष्ठान चितवनबट प्रकाशित ‘अवसान सपना’ कवितासङ्ग्रह यस बर्ष भरीकै उत्कृष्ट कृर्तिकोरूपमा छनोट भएको ‘नमस्ते साहित्य समाज’ ओखलढुङ्गाका अध्यक्ष बिष्णुदिप संकल्पले जारी गर्नु भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार सम्मान कार्यक्रम वरिष्ठ साहित्यकार कवि तथा रेडियो कर्मी डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ ।  सो समारोहमा विष्णु दीप संकल्पद्वारा रचना गरिएको गजल कृर्ति र कृष्ण कट्टेलद्वारा लिखित ‘सरकार पारीको गाउँ  नामाकृत कविता सङ्ग्रहको समेत बिमोचन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपाल भरीका कवि, गजलकार एवम् साहित्यकारहरूको बृहत् उपस्थित रहने छ । कार्यक्रम २०७२ पौष ११ गते शनिबारका दिन रूम्जाटार उच्च मावि ओखलढुंगाको सभाहलमा आयोजना हुने ‘नमस्ते साहित्य समाज’ ओखलढुङ्गाका सचिव प्रकाश किरणले बताउनुभयो । 



0 comments

Write Down Your Responses