Powered by Blogger.
नामटार अप्रेशनमा दोहोरो फायरीङ, १७ राउण्ड हवाई फायर विरुद्ध २० राउण्ड गोली



नामटार, २२ मंसिर । मकवानपुरको नामटार गाविसमा गाँजा तस्कर र प्रहरीबीच दोहोरो गोली चलेको छ । 

गाँजा फाँड्न नामटार ६ भवाङ पुगेका प्रहरीलाई डाँडामा लुकेर गोलि चलाउने, ढुंङ्गा हान्ने गरेपछी प्रहरीले पनि फायरीङ गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मिरा चौधरीले जानकारी दिनुभयो । 
गाँजा फडानी गर्न ५१ जना प्रहरीको टोली गएको थियो । उनीहरुलाई लक्षित गर्दै गाँजा तस्करले गोली हान्ने र ढुङ्गा मुढा गर्न थालेपछि प्रहरीले १७ राउण्ड हवाई फायर गरेको प्रहरी उपरिक्षक चौधरीले बताउनुभयो । 
गाँजा तस्करहरुले २० राउण्ड गोली हानेका थिए । गाँजा फडानी गर्न प्रहरी उपरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा ५१ जना प्रहरी मंसिर १७ गतेबाट नामटार अप्रेशनमा छन् । अबैध रुपमा गरिएको गाँजा खेति फडानी गर्न जाँदा उल्टै प्रहरीमाथी गोलि चलाउनेलाई खोजी गरेर कारवाही गर्ने प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो । 

गाँजा फाड्नका लागि नामटार पुगेको प्रहरी टोलीले झण्डै ५० बिगाहा क्षेत्रफल जमिनमा लगाइएको गाँजा फडानी गरीसकेको छ ।



0 comments

Write Down Your Responses