Powered by Blogger.
सर्वसाधारणको करौडौं ठगेर फरार पालुङ सहकारीका पदाधिकारी पक्राऊ पर्दै


काठमाडौँ, २२ मंसिर । पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति उपाध्यक्ष मिन बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीका एक हजार एक सदस्यबाट तीन करोड ६२ लाख ३२ हजार ६६ रुपैयाँ ठगीगरि फरार रहेका बस्नेतलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो ।

सहकारीका सदस्यलाई ठगी गरि फरार ३० वर्षिया बस्नेतलाई ठगी मुद्दामा मकवानपुर जिल्ला अदालतको ३२ लाख ९३ हजार आठ सय २४ रुपैयाँ १८ पैसा जरिवाना र ३ बर्ष कैद सजाय हुने फैसला गरेको थियो । मकवानपुर दामन गाविस वडा नं ७ का बस्नेतलार्ई डिल्लीबजार स्थित सदरखोर कारागारमा पठाईएको व्यूरोले जनाएको छ ।
२०६२ साल देखि सञ्चालनमा आएको सो सहकारीका सदस्यलाई विभिन्न प्रलोभनहरु देखाएर बस्नेतले बचत गर्न लगाई बचत भएको रकम लिएर फरार रहेका थिए । संचालकहरुले सहकारी ऐन, नियम बिपरीत नियमित लेखापरिक्षण समेत नगरी सर्वसाधारण बचतकर्ताहरुले बचत गरेको रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पालुङमा पालुङ बचत तथा कालिमाटी काठमाडौंमा परिदृष्य बचत सहकारी खोलेर अध्यक्ष बनेका अध्यष रामबहादुर बस्नेत अझै फरार छन् भने बहिनि तुलसा बस्नेत  हरि बस्नेत यसअघि पक्राउ परिसकेकी छिन् । त्यस्तै पालुङ बचताका सचिव तथा सहकारीका व्यवस्थापक आश्मीर बस्नेतलाई सहकारी पीडितले नै केही महिना अघि भक्तपुरबाट पक्राऊ गरेर प्रहरीलाई बुझाएका थिए ।

केन्द्रीय अनुसन्धान व्युरोले आज जारी गरेकोविज्ञपती यस्तो छः

श्री  प्रहरी प्रधान कार्यालय
केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज
प्रेस विज्ञप्ति
सर्वसाधारणहरुलाई ठगी गर्ने सहकारी संचालक पक्राउ 
विवरण 
नानीमाया थोकर समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी मिन बहादुर बस्नेत समेत भएको ठगी मुद्दामा श्री मकवानपुर जिल्ला अदालतको मिति २०७१।०२।२७ को फैसला अनुसार रु  ३२ लाख ९३ हजार आठ सय २४ रुपैयाँ १८ पैसा जरिबाना र ३(तीन)बर्ष कैद सजाय हुने ठहरी फैसला भई उल्लेखित कैद तथा जरीवाना बेरुजु देखिएका जिल्ला मकवानपुर दामन गाविस वडा नं ७ स्थायी वतन भई अनामनगर, काठमाण्डौं डेरा गरी बस्ने बर्ष ३० का मिन बहादुर बस्नेतलाई मिति २०७२।०८।२२ गते यस केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले फैसला कार्यान्वयनको लागि श्री काठमाण्डौं जिल्ला अदालतमा पेश गरेकोमा काठमाण्डौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि श्री कारागार कार्यालय डिल्लीबजारमा पठाईएको छ ।
प्रतिबादी मिन बहादुर बस्नेत समेतले २०६२ साल देखि मकवानपुर जिल्ला दामन गाविस वडा नं ५ स्थित पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको उपाध्यक्षको रुपमा रही १००१ जना सर्वसाधारणहरुलाई विभिन्न प्रलोभनहरु देखाई रकम बचत गर्न लगाई बचत भएको रकम बेहिसाबसँग हिनामिना गरी रु ३,६२,३२,०६६ ( तीन करोड बैसट्ठी लाख बत्तीस हजार छैसट्ठी)रुपैया ठगी गरेका थिए । संचालकहरुले सहकारी ऐन, नियम बिपरीत नियमित लेखापरिक्षण समेतको कार्य नगरी सर्वसाधारण बचतकर्ताहरुले बचत गरेको रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।
त्यस्तै यस अघि नै सोही मुद्दाका प्रतिबादीहरु मध्ये तुलसी कुमारी बस्नेतलाई मिति २०७२।०३।०७ गते अनामनगरबाट र प्रतिवादी हरि बस्नेतलाई मिति २०७२।०३।०८ गते नयाँ नैकापबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागी काठमाण्डौं जिल्ला अदालतमा पेश गरीएको थियो ।
पक्राउ परेका प्रतिबादी
नामः मिन बहादुर बस्नेत
ठेगानाः जिल्ला मकवानपुर, दामन गाबिस वडा नं ७
उमेरः  ३० बर्ष                                                  
मुद्दाः ठगी
कैदः ३ बर्ष । जरीवानाः रु३२,९३,८२४।१८
अदालतमा पेश गरिएको मितिः २०७२।०८।२२ गते ।
 (थप जानकारीका लागि प्रउ दिवेश लोहनी सम्पर्क नं ९८०२०३३८९०)
मिति २०७२।०८।२२ गते ।

तुलसा बस्नेत मिन बहादुर बस्नेत



मिन बहादुर बस्नेत
हरि बस्नेत
तुलसा बस्नेत 




0 comments

Write Down Your Responses