Powered by Blogger.
लेकाली बसीफाँटमा लामा विजयी


दामन, २२ मंसिर । मकवानपुरको नामटार–१ बसिफाँटस्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष  विनोद लामा चयन भएका छन् । 

२३ औं अभिभावक भेलाबाट अध्यक्षका प्रत्यासी सिताराम मोक्तानलाई ६४ मतले पराजित गर्दै लामा विजयी भएका हुन् । लामाले एक सय ४१ र उनका प्रत्यासी मोक्तानले ७७ मत प्राप्त गरेका थिए ।

त्यस्तै सदस्यहरुमा ज्ञानबहादुर थिङ, बिन्दा बल र सोमिबहादुर थिङ सर्बसम्मत चयन भएका छन् । विजयपछि लामाले विजय गराउने सम्पुर्ण अभिभवकहरुप्रति धन्यवाद दिनुका साथै समाजप्रति अझ जिम्मेवार बोध भएको बताउनु भयो । 

उनले विद्यालयलाई अबका दिनमा प्रभावकारी ढङ्गले अगाडि बढाउनुको साथै यस वर्ष एसएलसीको नतिजालाई सुधार तर्फ लैजाने बताउनुभयो । 

विद्यालयमा नामटार गाविसका १, २ र ३ नम्मर र थाहा थाहा नगरपालिकाको ९ र १० नम्मर वडाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।  अध्यनरत ५ सय २ विद्यार्थीमध्ये ९५ प्रतिशत तामाङ जातीका रहेका छन् । – रुपक कालिराज, पालुङ



0 comments

Write Down Your Responses