Powered by Blogger.
बुढीचौरका सबै बालबालिका निशुल्क विद्यालय शिक्षामा आबद्ध


बुढीचौर(मकवानपुर),१२ पुस । मकवानपुरको बुढीचौर गाविसका आधारभुत तहका सबै बालबालिका निशुल्क विद्यालय शिक्षामा आबद्ध भएको औपचारिक घोषणा गरिएको छ । 

बुढीचौर गाविस स्थित रुपनारायण माविमा एक कार्यक्रम गर्दै जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले गाविसमा आधारभूत तहको शिक्षा प्राप्त गर्ने उमेर समूह ५ वर्षदेखि १२ वर्षसम्मका सबै बालबालिका विद्यालयमा भर्ना भएको घोषणा गर्नुभएको हो । 

कार्यक्रममा गाविस स्थित सबै सरकारी कार्यालय, सबै विद्यालय, राजनीतिक दल लगायत स्थानीय सरोकारवाला निकायका प्रतिनिधिले सबै बालबालिका आधारभूत तहको विद्यालय शिक्षामा आबद्ध भएको घोषणामा प्रतिबद्धता समेत जनाएका छन् । गाविसमा आधारभूत तहका विद्यालय शिक्षा प्राप्त गर्ने उमेर समूह ५ वर्षदेखि १२ वर्षसम्मका जम्मा ५ सय ४४ जना बालबालिका मध्ये तीन जना बाहेक सबै बालबालिका विद्यँलय शिक्षामा आबद्ध भएको उल्लेख गरिएको छ ।

 ३ जना मध्ये एकजना बालक अपाङ्गता भएका कारण विद्यालय शिक्षामा आबद्ध गराउन नसकेको बताइएको छ । यस्तै, २ जना बौद्ध धार्मिक शिक्षा आर्जनमा आबद्ध भएको बताइएको छ । गाविसमा जम्मा ३ सय ७५ घरधुरीमा २ हजार ५ सय ७७ जनसंख्या बसोबास रहेका छन् । गाउ विकास समिति बुढीचौरको आयोजना, प्लान ईन्टरनेश्नल मकवानपुर र सिडिओ नेपाल मकवानपुरको सहयोग र जिल्ला शिक्षा कार्यालय मकवानपुरको समन्वयमा गाविसका आधारभूत तहका सबै बालबालिका विद्यालय शिक्षामा आबद्ध भएको घोषणा गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले आधारभूत तहको शिक्षा तहमा सबै बालबालिका आबद्ध गराउन भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुहुदै प्रेरणायोग्य कार्य भएको बताउनुभएको थियो ।

उहाले सरकारको नीति नै विद्यालय शिक्षामा सबै बालबालिका पहुंच बृद्धि गराउने र गुणस्तरीय शिक्षाा प्रदान गर्दै व्यवस्थित गराउने रहेको बताउनुभएको थियो । सबै क्षेत्रमा विद्यालयमा बालबालिकाको सहभागीत बृद्धि गर्नका लागि सबै निकाय जिम्मेवार रहेको उल्लेख गर्नुभएको थियो ।


0 comments

Write Down Your Responses