Powered by Blogger.
विविध कार्यक्रमका साथ पालुङ बहुउद्देश्यीयको १७ औं स्थापना दिवश सम्पन्न


रुपक कालिराज 
पालुङ, ८ पुस । पालुङ बहुउद्देश्यीय शहकारी संस्था लिमिटेड पालुङको १७ औ वार्षिक स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रक सम्पन्न भएका छन् ।  

संस्थाको सभाहलमा भएको कार्यक्रमको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष समेत रहेका विमलकुमार ढकालले उद्घाटन गर्दै संस्थाले गर्दै आएको कार्ययोजना  तथा उपलब्धीको बारेमा सबैलाई प्रष्ट पारे ।  उनले संस्थाले कृषि , उद्योग, पशुपालन तथा सामाजिक कार्यक्रममा पनि सक्रीयताको साथ काम गर्दै आएको दावी गरे । 

संस्थाका कोषध्यक्ष कृष्णहादुर बिष्टले सबैलाई  स्वागत गरे । समारोहमा रक्तदान तथा बिभिन्न कार्यक्रम गरिएको थियो ।रक्तदान कार्यक्रममा ६१ जना रक्तदाताले रक्तदान गरेका थिए । सो कार्यक्रममा ब्लड वैैँक हेटौडाका प्रमुख  टंकप्रसाद दाहाल लगायतको टोलले सहजीरकण गरेका थिए । 

त्यसै गरी मावि स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा थाहा नगरपालिका लगायत आसपासका विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सो प्रतियोगितामा मत्स्यनारायण माविका रोसन थापा प्रथम भएका थिए । त्यसै गरि जनकल्याण उच्च माविका शुभद्रा बर्तौैला द्धितिय, जनकल्याण उच्च माविका विष्णुमाया थिङ तृतिय र मत्स्यानाराण माविका अनुभव ढकाल सान्त्वना भएका थिए । 

प्रथम, द्धितिय, तृतिय र सान्त्वन्न हुनेहरुलाई शैशिक्ष सामाग्री तथा मायाको चिनो प्रदान गरिएको थियो ।
त्यस्तै अपाङगता सहयोग कार्यक्रम पनि सम्पन्न भएको छ । सो कार्यक्रममा थाहा नगरपालिका लगायत आसपासका गाविसका ५ जनालाई सहयोग गरिएको थियो । सहगोग पाए पछि अपाङ्ता भएका व्याक्तिहरु खुसि हुदै संस्थालाई धन्यावदको साथै अझै राम्रो काम गदै जानको लागि शुभकामना दिएका थिए भने असाहय सहयोग तर्फ थाहानगर ३ का रोमिशा ढकाल र अरुण रायामाझी लाई प्रदान गरिएको छ ।

त्यस्तै असल ऋणी छनोट तर्फ नानीमाया गोपाली, शुर्दशन कार्की, धु्रवसिङ विष्ट, राधाकृष्ण बस्नेत, शहदेव ढकाल, पानु बलामीलाई छनोट गरिएको थियो । त्यसै गरि संस्थाले २ जनालाई न्यानो झोला वितरण गरेको छ । सुरिक्षत स्थानमा पहिलो सन्तान जन्माउने तथा नवजात शिशुको सुरक्षाको लागि रुपा रायमाझी र कविता नगरकोटी लाई न्यानो झोल वितरण गरिएको थियो ।

त्यस्तै महाभूकम्पले अस्थाई टहरा बनाई बसेका भूकम्प पिडितहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम समेत गरिएको छ ।  थाहा नगारपालिका लगायत आसपासका २ सय भन्दा बढिले स्वस्थ्य परिक्षण गराएको  प्रथामिक स्वास्थ केन्द्र दामनका डा.सुधाकर झाले बताए ।

केहि दिनदेखिको अत्याधिक चिसोले रुघा खोकी तथा निमुनिया जस्ता रोग भेटिएको उनले बताए । स्वास्थ्य परिक्षण पश्चात निशुल्क औषधी समेत वितरण गरिएको थियो । त्यस्तै आर्दश दम्पत्ति सम्मान कार्यक्रमा पनि गरिएको छ । सो सम्मानबाट कार्यक्रममा आग्रा गाविस वडा नम्मर ४ घर भएका कान्छीमाया स्याङतान र कुमार स्याङतानलाई सम्मानको साथै मायाको चिनो प्रदान गरिएको थियो भने थाहा नगरपालिका लगायत आसपासका गाविसका १७ जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य हरिकृष्ण कार्कीले शहकारी नाफा कमाउने संस्था भएकोले नाफा कमाउने मात्रै नभई गाउँ गाउँमा छरिएर रहेका साना साना पुजिँहरुलाई ठुलो बनाएर काम गरि नाफा कमाएको रकम शेयर सदस्यहरुलाई वितरण गर्नुपर्ने बताए । उनले संस्थाले यसो गर्न कुनै कन्जुस्याँई नगरेकोमा  धन्यवाद तथा शुभकामना समेत दिए ।  राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले संस्थाले सम्पूर्णको मन जित्दै राम्रा राम्रा काम गर्र्दै अगाडि बढेको प्रति धन्यवाद तथा आगामी दिनमा पनि समाजलाई हित हुने काम गर्दै जानको लागि दिए ।

त्यस्तै नेपाल वैँक लिमिडेकका प्रवन्धक समिक दाहालले यस क्षेत्र कृषिको वढि सम्भावना रहेको क्षेत्र भएकोले ठुलो योजना लिएर आएको खण्डमा सहयोग गर्न तयार रहेको बताए ।   सहकारीहरुले समाजको हित हुने काम सञ्चालन गर्दै जाँदा नेपाल वैँक पनि त्यस्ता काममा हातेमालो गर्दै जाने उनको भनाई थियो । 

साना किसान शहकारी संस्था वज्रवाराहीका अध्यक्ष महेश्वर सुवेदीले साना साना सहकारी हरुलाई एकिकृत गर्दै एउटा वृहत शहकारी बनाई समाजलाई परिवर्तन गर्दै जानको लागि अनुरोध गरे । 




0 comments

Write Down Your Responses