Powered by Blogger.
पालुङको स्याउली बजारमा आगलागी हुँदा दुईको मृत्यु


पालुङ, १३ पुस । मकवानपुरको थाहा नगरपालिका–२ स्याउली बजारमा गए राति आगलागी हुँदा दुई महिलाको जलेर मृत्यु भएको छ ।

देवेन्द्र कार्कीको घरमा टिष्टुङ घर र माइती भएका ४६ वर्षिय माया वल र ४० वर्षिय माइली थिङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । ४ जना सुतेको उक्त घरमा जलेर मृत्यु हुने दिदि बहिनी रहेको स्थानिय नरेन्द्र बलामीले जानकारी दिनुभयो । लाईन नआएको कारण मैनबत्ति जलाएर सुत्दा मैनबत्ति ढलेर कपडामा परि आगलागि भएको हुन सक्ने उनका अर्का बहिनि सुनिता थिङले जानकारि दिनुभयो ।

आगलागीबाट ९ तोला सुन, पसलको सामान किन्नको लागि राखिएको ३ लाख बराबरको रकम र लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएको सोहि घरमा वस्ने आषिश तामाङले बताउनु भयो । इलाका पहरी कार्यलय पालुङबाट खटिएका प्रहरी टोलिको सहयोग नपुगेको भए धेरै घरहरु जलेर नष्ट हुने स्थानिय सितराम बयलकुटिले जानकारी दिनु भयो ।

गएराति करिब १० बजेतिर लागेको आगो स्थानिय तथा प्रहरि प्रशाशनको सहयोगमा १२ बजे नियन्त्रणमा आएको स्थानियको भनाई रहेको छ । थाहा नगरपालिकामा भएको यो अहिलेसम्म कै सबै भन्दा ठुलो आगलागी हो ।






मैनबत्ती निभाउन बिर्संदा यस्तो दुखदायी घटनाः राजेश श्रेष्ठ, स्टेशन मेनेजर, रेडियो आवाज

राजेश श्रेष्ठ, स्टेशन मेनेजर, रेडियो आवाज

आज थाहा नगरका अधिकांशको मुहार पुस्तिकाको भित्तामा विहानैबाट हट न्युज देख्न पाइयो । पालुङमा आगलागी हुँदा दुइको मृत्यू । 

घटना घट्यो तर मथिङ्गलमा अनेक कुरा घुमिरह्यो । विहानै खबर पाउना साथ म र मेरी श्रीमती घटनास्थल तर्फ लाग्यौं । किनकी घटनास्थल मेरो ससुराली टोल नै थियो । घटनामा मर्ने मृतकसँगको चिनाजानी झण्डै चौध वर्ष अगाडी देखिको हो । मेरो जागिरे जीवनको शुरूवातीमा कलेजबाट सिधै अफिस जानुपर्ने भएकोले उनैको होटलमा खाना खाने गर्थें । यस अर्थमा पनि सो घटना मानसपटलमा घुमिरह्यो ।

घटनाः टिष्टुङ घर र माइती भएका माया तामाङ १५ वर्ष भन्दा अघि देखी पालुङमा नै बस्दै आएकी थिइन । १५ वर्ष भन्दा अगाडी देखी पालुङमा बसेर होटल व्यवसाय गर्दै आएकी उनको २०७२ साल पौष १२ गते राती लागेको आगलागीमा परेर मृत्यु भयो । स्थानीय देवेन्द्र कार्कीको सिंगै घर भाडामा लिइ व्यवसाय गर्दै आएका उनी संगै उनकी माइली बहिनीको पनि सोही आगलागीमा मृत्यु भयो । संयोगले उनका चारै दिदीवहिनीहरू संगै जमघट भएको थियो । साँइली र कान्छी बहिनीहरू भने बच्चा संगै बाँच्न सफल भए ।

घटनाको कारणः घटना स्थलमा स्थानीय र प्रहरीको भनाइलाइ उदृृद गर्ने हो भने राती बत्ति नआएको कारणले मैनबत्ती बालेर सुतेको र मैनबत्ती निभाउन विर्सँदा आगो लागेको अनुमान गरिएको छ ।

घटनाको विश्लेषणः यतिखेर पिडित परिवारलाइ सान्त्वना र मृत आत्माको चिर शान्तीको कामना बाहेक अरू केहि गर्न सकिन्न । तर घटनालाइ सबैले सुक्ष्म तरिकाले अध्ययन गर्न जरूरी देखिन्छ । किनकी यो घटनामा लाखौंको धन संगै मानवीय क्षती पनि भएको छ । गत वर्ष पनि लगभग यहि समयमा थाहा १ मा आगलागी भएर एउटा घर पुर्णरूपमा क्षति भएको थियो ।

भनिन्छ आगो पानी र शत्रुलाइ सानो देख्नु हुन्न । यसले बिनाश गर्ने हो भने भयानक तरिकाले गर्छ । दिनभरी बत्ति नआए संगै साँझ र राती पर्दा पनि विजुली नआएपछि उज्यालोको लागि मैन बत्तिको जोहो गरियो र राती सुत्ने बेलामा मैनबत्ती निभाउन बिर्संदा यस्तो दुखदायी घटना घट्यो । प्राधिकरण दिनदिनै लोडसेडिङ बढाउँदैछ । यो घटनाले गर्दा हामी सबै नेपाली सजग हुनु जरूरी र अत्यावश्यक छ ।

घटनालाइ अझ केलाउँदै अगाडी बढौं । मैन निभाउन विर्सियो , दैनिक कार्य तालिका भएको भए सायद विर्सने थिएन । उत्तरी मकवानपुर कुलेखानी जलाधार प्रभावित क्षेत्र भएकोले लोडसेडिङ हुँदैन । बरू नीयमित लोडसेडिङ भएको भए बानी हुन्यो र बैकल्पीक यस्ता आगो जन्य वा उर्जाको लागी केहि व्यवस्थापन हुन्थ्यो । यस क्षेत्रमा कहिले काहीं प्राविधिक समस्या पर्यो भने मात्र विजुली काटिन्छ । जानकारीमा आए अनुसार पावर हाउसमा समस्या समाधानको लागि शनिवार दिउँसो भरि बत्ती आएन राती बत्ती आयो । फेरी आइतबार विहान १०ः३० तीरबाट बत्ती गयो । बत्ती लगातार आएन । पावर हाउसबाट निर्धारित समयमा ४ बजेतिर नै विजुली जोडिएको थियो । तर थाहा नगरको पालुङ क्षेत्रमा रातभरी बत्ती आएन ।

घटनास्थलमा विद्धुत प्राधिकरणका कर्मचारीहरूको पनि उपस्थिती थियो । केहि बुद्धीजीवी वर्ग र कर्मचारीबिचमा पनि यहि विषयमा छलफल भयो । कर्मचारीहरूको भनाइ अनुसार साँझ सम्म बत्ति नआउँदा पावरहाउसबाट नै बत्ति नआएको हो की भन्ने भयो तर बेलुकी हूदै आएपछि सोधखोज गर्दा चार बजे नै पावरहाउसले लाइन जोडेको खबर पाए पछि कता बिग्रेको खोज्न थालियो । बुझ्दा बज्रवाराही क्षेत्रमा उत्तीसको रूख ढाल्दा मेन लाइनमा परेर समस्या देखिएको थियो । राती हुँदो बनाउन जानलाइ गाडी भएन । कर्मचारीलाइ गाडी कता भन्ने प्रश्नमा हाकिमले घर जान लिएर गएको भन्ने जवाफ सुनियो । अनि मोटरसाइकलहरू भन्दा पेट्रोल नभएर जवाफ सवाल सकियो ।

घटना स्थलमा पानीको श्रोत नजिकै कतै थिएन । स्थानीयको भीड जम्मा भएर पानी निभाउने कोशिष गरियो । कतैबाट एउटा पानी तान्ने पम्पको व्यवस्था भयो तर पेट्रोल छैन । स्थानीय एक समाजसेवीले आफ्नो बाइकको पेट्रोल निकालेर निक्कै परको खोल्साबाट पानी तानीयो र बल्ल बल्ल आगो नियन्त्रणमा लियो । यो घटनाले झट्ट सम्झें । त्यतिबेला हाम्रा पुर्खाले बस्तीको बीचमा किन पोखरी बनाएका रहेछन भनेर । अहिले यस्ता प्राकृतिक विपत्तीमा क्षाती न्यूनिकरणमा हामी सबैजना चुकेका छौं । भैपरी आएका यस्तै दैवी प्रकोपहरूसंग जुध्नको लागी हामीले के तयारी गरेछौं वा के तयारी गर्दैछौं त्यो सोच्ने बेला भएन र ?

हुन त मानवीय जीवनको अन्त्य जहाँ जसरी लेखिएको छ त्यसरी नै हुन्छ भन्छन । मृतकको जीवनमा त्यो घटना हुनुथ्यो सायद भयो । तर एउटा मैनबत्तिको निउ हुँदै सवारी साधन नहुँदा समयमा जनतालाइ सेवा दिन नसकेको कर्मचारीकै मुखबाट हामी सर्वसाधारणले सुन्दा कस्तो होला रु यसको जवाफ देहिता को?  

घटनाको जिम्मेवारी लिने को रु यो समयमा सचेतना फैलाउन नसक्ने सरकार र प्रशासन रु बेहोसियार भएका पिडित परिवार रु कार्य स्थगीत हुने गरी नीयम विपरित सेवा सुविधा लिने कर्मचारी रु हाइटेन्सन लाइनमा लाग्ने गरी रूख काट्ने व्यक्ती रु पानीको श्रोत निमित्यान्न पार्दै जाने स्थानीय रु नीयम विपरित कार्य गर्ने कर्मचारीलाइ कारवाही गर्न नसक्ने सरकाररु वा त्यो भ्रष्टलाइ प्रसय दिने सरकार चुन्ने हामी जनता ? अब सोच्ने बेला भएन र ?

0 comments

Write Down Your Responses