Powered by Blogger.
राष्ट्रिय पोशाक दिवस मनाउने तयारी


काठमाडौ । नेपाली पोशाक अभियान सुरु गरेका युवाहरुले पुस १७ अर्थात जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउने भएका छन् । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउने तयारी गरिएको अभियानले जानकारी दिएको छ ।

राष्ट्रियता संकटमा पर्न थालेकाले सबैमा नेपाली राष्ट्रियता झल्किने पोशाक लगाउन प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन लागिएको अभियानमा सहभागी युवा तथा पत्रकार रामजी बलामीले  बताए । 

उनीहरुले देशभर जनवरी १ का दिन आआफ्नो ठाउँमा पोशाक दिवसको कार्यक्रम गर्न पनि आग्रह गरेका छन् । युवाहरुको समुहले सामाजिक सञ्जाल फेसबुकमा नेपाली टोपी अभियान समुह पनि बनाएका छन् ।

उनीहरुले समुहमा सामेल भएर राष्ट्रियताको अभियानमा जोडिन पनि आग्रह गरेका छन् । युवा समुहले पुस १७ गते काठमाडौंको माइतिघर मण्डलामा विशेष कार्यक्रम गर्ने भएको छ । बिहान ८ बजेदेखि सुरुहुने कार्यक्रममा राष्ट्रियता झल्किने पोशाक लगाएर आउन उनीहरुले सबैमा आग्रह गरेका छन् ।


0 comments

Write Down Your Responses