Powered by Blogger.
थाहामा फोहोर मैला सम्वन्धि अन्तर्रिक्रया


पालुङ, १६ पुस । थाहा नगरपालिकाको विकास हलमा फोहोर मैला व्यवस्थापन सम्वन्धी अन्तरकृया सम्पन्न भएको छ । 

सो अन्तरकृया कार्यक्रममा हेटौडा उप महा नगरपालिकाका योजना अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख विके मर्हजनले सहजीकरण गर्नु भएको थियो । उहाँले फोहोर व्यवस्थापन गर्ने विधि तथा त्यसको प्रयोग बारे सबैलाई जानकारी गराउनु भएको थियो ।

अन्तरकृयामा सहभागिहरुले थाहा नगरमा थोरै बजार तथा उद्योग कलकारखाना भएकोले फोहोर व्यवस्थापन गर्नको लागि चुनौती पूर्ण नरहेको भएपनि यतिका दिन सम्म फोहोर व्यवस्थापन गर्न पहल नगरेको प्रति दुःख व्यक्त गरेका थिए । 

सो अन्तरकृयामा महर्जनले थाहा नगरपालिकाले फोहोर व्यवस्थापन गरेन  भन्नु भन्दा पनि नगरका सबै एक भएर आफ्नो घरबाट फोहोर व्यवथापन गर्न शुरु गर्नु पर्ने बताउनु भयो । महर्जनले फोहोरमा वर्गीकरण, नकुहिने वस्तुलाई तालिकावद्ध संकलन र संकलन भएको वस्तुलाई निश्चित ठाउँमा राख्ने तरिका तथा रङ विहिन प्यास्टिकको झोलाको प्रयोग गर्न तर्फ सबै एक जुट भई आउँदो परिषद्मा जोड दिनका लागि आग्रह गर्नु भयो ।

अन्तरकृया पश्चात सबै सहभागिहरुले अबका दिनमा आफुबाट फोहोर व्यवस्थापन गर्न तर्फ लाग्ने  र सबैलाई यस तर्फ सचेत पार्ने बताएका थिए । थाहा नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न वडाका वडा संयोजक, राजनितिक पार्टीका प्रतिनिधि, बुद्धिजिवि शिक्षक लगायतको सहभागिता रहेको थियो ।


0 comments

Write Down Your Responses