Powered by Blogger.
पालुङ जेसीजको १६ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा शिवराज खत्री निर्बिरोध


पालुङ, ३ पुस । पालुङ जेसीजको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  दामन पालुङ नगर विकास समितिका अध्यक्ष खड्ग गोपालीको प्रमख आथित्यता तथा जेसीज शाखा अध्यक्ष जर्म श्रेष्ठको सभाध्यक्षतामा  साधरणसभा भएको थियो ।

 कार्यक्रममा महासचिव बिजयश्याम अमात्य, कार्यकारिणी उपाध्यक्ष मनोज लामिछाने र उपाध्यक्षहरु संगीता बलामी, रुपचन्द्र गोपाली, अञ्जल प्रधान र सुमन विष्टले बार्षिक प्रतिवेद प्रस्तुत गर्नुभएको थियो । पालुङ जेसीजको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष गोपालीले युवा सक्रियताबाटै नगरको विकास हुने हुँदा त्यसमा समाहित हुन जेसीज युवाहरुलाई आग्रह गर्नु भयो । गोपलीले उत्तरी क्षेत्रको विकासको धरोहर थाहा नगरको विकासमा युवाको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

 साधारणसभाका प्रमुख अतिथि गोपालीले जेसीजले उत्तरी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले त्यसमा निरन्तर सक्रीय रहन आग्रह गर्नु भएको थियो । उहाँले दामन, पालुङ र बज्रबाराहीलाई समेट्ने गरी चक्रपथ निर्माण गर्न र बेमौसमी तरकारी खेतीको दृष्टिले देशमै छुट्टै पहिचान बनाएको टिष्टुङ, दामन र पालुङ क्षेत्रमा कृषि क्याम्पस स्थापनाको पहल भइरहेको भन्दै सहयोगको लागि आग्रह गर्नु भयो ।

उत्तरी क्षेत्रको विकासमा जेसीज युवाहरुले आजसम्म खेलेको भूमिका सकारात्मक रहेको भन्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससंगै विकास निर्माणको कार्यमा जेसीजले सदैव भूमिका खेल्नुपर्ने आवश्यता औंल्याउनु भयो । उहाँले चक्रपथ निर्माण र कृषि क्याम्पस स्थापनाको लागि मन्त्रालयतहमा छलफल र पत्रचार भइरहेको जानकारी गराउनु भएको थियो ।

सम्वृद्धि कृषि सहकारी संस्थाका अध्यक्ष कल्पना बलामीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भने कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, जेसीज वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान, साझाकुरा दैनिकका प्रकाशक सम्पादक सविन न्यौपाने लगायतको उपस्थित रहेको थियो ।

यसैबीच  यसअघि भएको निर्वाचनमा पालुङ जेसीज वर्ष २०१६ को अध्यक्ष पदमा शिवराज खत्री निर्बिरोध निर्वाचित भएका छन् । सन् २०१६ का लागि भएको साधारणसभाबाट खत्रीको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको निर्वाचन आयुक्त प्रदीप प्रधानले बताउनु भयो ।

अध्यक्ष पदमा उमेद्वारी दिएका अञ्जल प्रधान र भूमिराज अवस्थीले आ आफ्नो उमेदबारी फिर्ता लिएपछि निर्बिरोध निर्वाचित हुने वातावरण बनेको हो । साधारणसभाबाट जेसीजको कार्यकारिणी उपाध्यक्षमा संगीता बलामी र बिक्रम केसी चयन भए भने उपाध्यक्षहरुमा सिर्जना गोपाली, कृति लो, बिजय मल्ल र किशोर प्रधान निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त प्रधानले जानकारी दिनु भयो । 

शाखा अध्यक्ष निर्वाचित भएका खत्रीले पालुङ जेसीजको निर्माणाधीन  भवनको निर्माणलाई सम्पन्न गर्दै कृषि, पर्यटन र उत्तरी क्षेत्रको आर्थिक विकासमा आफ्नो भूमिका महत्वपूर्ण हुने बताउनु भयो । आफूलाई निर्बिरोध गराउन सहयोग गर्ने जेसीज साथीहरुको साथ लिई पूर्व अध्यक्षहरुको समन्वयमा एउटा विशेष टोली गठन गरेर जेसीज अभियानलाई अगाडि बढाउने प्रतिबद्धता उहाँको छ । 





0 comments

Write Down Your Responses