Powered by Blogger.
चिकित्सक, एमाओवादीका सल्लाहकार र काँग्रेसका शाही लगायत ५० नेता एमालेमा प्रवेश


काठमाडौँ, १० माघ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नेपाली काङ्ग्रेसलाई धङधङी त्यागेर वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । 

संविधान कार्यन्वयनको सवाल दलहरुको निम्ती अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने भन्दै उहाँले सरकार कमजोर बनाउने र गिराउने खेलमा नलाग्न काँग्रेस नेतृत्वलाई सुझाव दिनुभएको हो । ‘काँग्रेसले जति निहुँ खोजेपनि बर्तमान सरकार त्यत्ति कमजोर छैन’ पोखरेलले भन्नुभयो,  ‘बरु वर्तमान सरकारमा आएर यसलाई राष्टिय स्वरुप दिन काङ्ग्रेसलाई आग्रह गर्छौ ।’ 

काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५का अगुवा कार्यकर्तालाई सम्वोधन गर्दै महासचिव पोखरेलले राष्टिय स्वरुप सहितको सरकार हुँदा संविधान कार्यन्वयन प्रभावकारी हुने भनाई व्यक्त गर्नुभयो । काङ्ग्रेसले आफ्नो महाधिवेशनपछि अविश्वासको प्रस्ताव ल्याउने धम्की दिएपनि त्यस्ता अविश्वासका धम्कीको हावा खुस्काइदिने उहाँको दावी छ । 

‘काङ्ग्रेसलाई अव तिम्रो अविश्वासको धङधङी मेटियो सरकारमा आउ र संविधान कार्यन्वन गरौं भनेर भन्छौं’ महासचिव पोखरेलको भनाई थियो । उहाँले संविधान कार्यन्वयन गर्नुपर्छ भन्ने सवैपक्षसँग हातेमालो गर्दै अगाडि बढ्ने उल्लेख गर्दै एमाले नेतृत्वको सरकारले अव मुलुकलाई आत्मनिर्भर बन्ने बाटोमा लैजाने बताउनुभयो ।  

उहाँले नीति, कार्यक्रम र योजनामा केन्द्रीत भइ अव एमालेले बजेट कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिनुभयो । 
कार्यक्रममा एकीकृत नेकपा (माओवादी) र नेपाली काँग्रेसमा आबद्ध ५० जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश  गरेका छन् । 

कार्यक्रममा महासचिव पोखरेलले चिकित्सक डा. प्रदीप जोशी, एमाओवादीका सल्लाहकार डिल्लीराम राजभण्डारी र काँग्रेसका क्रियाशील सदस्य सुरेश शाहीलगायत ५० नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको थियो । 

एमाले क्षेत्र नं ५ काठमाडौँका अध्यक्ष हरि अधिकारीले एमालेभित्र देखिएको विकृति र विसङ्गतिलाई सुधार्दै यसलाई मुलुकको पहिलो पार्टी बनाउनुपर्ने बताउनुभयो ।



0 comments

Write Down Your Responses