Powered by Blogger.
ज्यामिरेका दुई युवा गाँजासहित पक्राउ


मकवानपुर, ९ माघ ।  प्रहरीले लागूऔषध गाँजा सहित दुई व्यत्तिलाई पक्राउ गरेको छ ।

शुक्रबार हेटौंडा उपमहानगरपालिका–१७ स्थित रातोमाटेबाट ना.५ ख ५१०५ नम्बरको बसमा सवार दुईलाई गाँजा सहित पक्राउ गरिएको हो । 

मनहरी–७ ज्यामिरे बस्ने १८ वर्षीय जनकबहादुर स्याङ्वो र १६ वर्षीय हस्तबहादुर स्याङ्वोलाई लुकाई छिपाई ल्याएको १८ के.जी. लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments

Write Down Your Responses