Powered by Blogger.
दाउरा प्रहारबाट माइली प्रजाको मृत्यु


मकवानपुर, १० माघ । मनहरी–५ नयाँबस्ती बस्ने ६० बर्षीया माईली प्रजाको दाउरा प्रहारबाट मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने ६० बर्षीय दिल बहादुर प्रजा र राक्सिराङ घर भई उक्त बस्तीमा मजदुरी काम गरी बस्ने २२ बर्षीय शुभाष लामाबीच शनिबार मादक पदार्थ सेवन गरी झगडा हुँदा लामाले दाउराले हान्न खोज्दा दिल बहादुरलाई नलागी मृतक माइली प्रजालाई लागेको थियो । 

निधारमा चोट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि नयाँ मेडीकल कलेज भरतपुर चितवन लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो  ।

 झगडा गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments

Write Down Your Responses