Powered by Blogger.
मोबाइल मर्मतका तालिमेलाई प्रमाणपत्र


पालुङ, १० माघ । क्रियटिभ स्किल्स प्रालिको आयोजनामा सञ्चालन भएको ३ महिने मोवाइल फोन मर्मत तालिम समापन भएको छ ।  

प्राविधिक व्यवसायको तह १ को सिप परिक्षण परिक्षाबाट उतिर्ण भएकाहरुलाई आइतबार एक कार्यक्रमकाबीच प्रमाण प्रत्र वितरण गरिएको हो ।  मोवाई एसोसियसन अफ नेपाल उत्तरी क्षेत्र मकवानपुरका अध्यक्ष गोकर्ण बरुवालले उतिर्ण भएकाहरुलाई प्रमाण प्रत्र वितरण गरेका हुन् ।  

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटी राष्ट्रिय सीप परिक्षण समितिद्धारा निर्धारित राष्ट्रिय व्यावसायिक सीपमुलक तालिममा उत्तरी भेगका २० जनाको सहभागिता रहेकोमा १७ जना उतिर्ण भएका छन् । 

बरुवालले तालिममा बाट सिकेका सिपलाई सदुपोग गर्नका लागि आग्रह गरे । गाउँका धेरै युवा विदेश पलायन भइरहेको अवस्थालाई रोक्न  तथा दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा प्रशिक्षक प्रविण जोगी र तालिम संयोजक तथा सहायक प्रशिक्षक गोकर्ण बरुवाल रहेका थिए । 

उच्च शिक्षाको अध्ययन गर्ने अवसरबाट बञ्चित बेरोजगार युवायुवतीहरुलाई सीपमुलक तालिम दिई रोजगार उन्मुख बनाउन लागि परिरहेको यस संस्थाले विभिन्न ठाँउहरुमा तालिमको आयोजना गर्दै आएको छ । 

रोजगारीमा जानुपुर्व आफु सिपयुक्त हुनुपर्छ भन्ने जान्दा जान्दै पनि ख्याल नगर्दा अधिकांश नेपाली युवाहरुले राम्रो रोजगारीको अवसर गुमाउँदै आएका अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका युवाहरुलाई त्यस समस्यबाट मुक्त गराउनको लागि  तालिम  आयोजना गरिएको  अध्यक्ष बरुवालले बताए ।


0 comments

Write Down Your Responses