Powered by Blogger.
हेटौंडामा राष्ट्रपति आउन तयारी पुरा


हेटौंडा, १२ माघ । आउँदो माघ १६ गते हेटौँडाको सहिद स्मारकमा निर्माण गरिएको सहिद स्तम्भ, सहित ग्यालरी तथा झोलुङ्गे पुलको उद्घाटनको लागि हेटौँडा आउन लाग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतर्थ आयोजना गर्ने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

मंगलबार सहिदस्मारमा  पत्रकारहरुसंग कुरा गर्दै सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेलले तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मुलुकको पहिलो महिला राष्ट्रपतिद्वारा सहिद स्तम्भ उद्घाटन गर्न पाउनु गौरबको कुरा भएको भन्दै राष्ट्रपतिको आगमनलाई भब्य तथा सभ्य बनाउको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाईरहेको थियो  ।

सहिद स्मारकलाई मुलकको मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत प्रचार गर्नको लागि पनि राष्ट्रपतिको आगमनले महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई रहेको छ ।

0 comments

Write Down Your Responses