Powered by Blogger.
सुरु हुने भयो गोकर्णेश्वर आइडल


काठमाडौ, १३ माघ । सुरु नहुँदै स्थगित भएको गोकर्णेश्वर नगरपालिका स्तरीय गोकर्णेश्वर आइडल पुनः सुरु हुने भएको छ ।

भूकम्प  र नाकाबन्दीले स्थगित गरिएको कार्यक्रम पुनः सुरुवात गर्न लागीएको आयोजक संस्था आशा द होप फाउन्डेसनका अध्यक्ष सुदर्शन बजगाँईले बताएका छन । गोकर्णेश्वर नगरपालिका अन्तर्गतका बिद्यालयका बिद्यार्थी बीच नृत्य, गायन र अभिनय बिधामा प्रतीस्पर्धा गराइने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने बिद्यार्थीलाई नगद १०हजार रुपिंयासहीत पुरष्कृत गरिने बजगाईले बताए । बिभिन्न बिद्यालयका बिद्यार्थीबीच अडीशन गरी ग्रान्ड फीनाले फागुन अन्तीम साता गर्ने तयारी रहेको जानकरी आयोजक ले गराएका छन् ।

आशा काठमाडौ को पुर्बी भेगको लोकप्रिय संस्था  हो । प्रतियोगितामा नगरपालिका भरका १०० भन्दा बढी बिद्यालयको विद्यार्थीको प्रतीस्पर्धा हुने बताइएको छ  । अडीशन माघ १८ बाट सुरु हुने छ ।

0 comments

Write Down Your Responses