Powered by Blogger.
कमाइको केहि हिस्सा समाजसेवामा खर्च गर्न पाउँदा सन्तोष मान्छु

जीवन बस्नेत, युवा व्यवसायी
विगत केही वर्षदेखि काठमाडौंमा व्यवसाय गर्दै आउनु भएका पालुङ सोल्टुका स्थायी बासिन्दा जीवन बस्नेत काठमाडौंमा पानी आपुर्तीको काम गर्नुहुन्छ । पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष एवं ऋण उपसमिति संयोजक समेत रहनुभएका बस्नेत उपत्यका स्रोत  तथा ट्याङ्कर व्यवसाय संघको सदस्य समेत हुनुहुन्छ । 

व्यवसायको अलावा समाजसेवामा समेत अग्रसर बस्नेतले हालै पाथिभरा युवा क्लवलाई दर्जनौं थान जर्सी समेत सहयोग उपलव्ध गराउनुभयो । उहाँ समेतको पहल र व्यवस्थापनमा पालुङ–काठमाडौं पाथिभरा यातायात सञ्चालन समेत भएको छ । प्रश्तुत छ  जीवनका भावी योजना र सफताका रहस्यबारे उहाँसंग गरिएको कुराकानीः

दिनचर्या कसरी बित्दैछ अचेल ?

जनतालाई पानी खुवाउने, घर घरमा पानी आपुर्ती गर्ने कार्य मै बढी केन्द्रीत छु । 

बाल्यकाल कस्तो रह्यो ?

बाल्यकाल त त्यही हो नी......। घरायसी कारणले गर्दा दुख नै भयो । पढ्न पनि खासै सकिएन । 

बद्मासी कत्तिको गर्नुहुन्थ्यो ?

उमेर अनुसार हल्का बद्मासी पनि गरियो ।

व्यवसायी–समाजसेवी जीवन बस्नेत भनेर चिनिन कत्तिको संघर्ष गर्नुप¥यो ?

संघर्ष त कति गरियो कति । नत्र यहाँ सम्म आई नै पुग्ने थिइँन होला । परिश्रमको फल मिठो हुने रहेछ । जुनकुरा अहिले अनुभव गर्दैछु । 

आज यो ठाउँमा पुगिएला भनेर सोच्नु भएको थियो ?

सोच्ने भन्दा पनि जीवनमा केही गर्दै, हरेस नखाँदै, जीवनसंग संघर्ष गर्दा गर्दै, दौडँदै गर्दा आज यहाँ सम्म आइपुगियो । 

प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ ?

अब घरपरिवार, साथीभाई यस्तै यस्तै । 

व्यवसाय अनि समाजसेवालाई संगसंगै लैजान कत्तिको कसरत गर्नुपर्ने रहेछ ?

मनमा समाजसेवाको भावना आए खासै कसरत चाँहिदैन । 

आगामी योजना के के छन् ?

मुख्य त पानी आपुर्ती नै हो । पाथीभरा यातायात र गाडीको ‘बडी मेकअप’को काम गर्दैछु । व्यवसायका अलावा पालुङमा सामाजिक रुपमा विद्यालयको छात्रबृति देखि लिएर विकास निर्माणमा प्रत्यक्ष रुपमा संलग्न हुने सोच छ । 

के देशको यही समस्या यथावत रहे योजना सफल होला त ?

अहँ, गाह्रो भइहाल्छ नी । यो अवस्थाले जुनसुकै कामलाई असहज हुन्छ । 

व्यवसाय त नाफामुखी हुनुपर्ने हो, एउटा व्यवसायीमा समाजसेवाको भावना कसरी आयो ?

हुन त व्यवसाय नाफामुखी नै हो । तर समाजमा इज्जत र नामका लागि समाज सेवा गर्नुपर्छ । म आफुले कमाइ गरेको केही हिस्सा समाज सेवामा लगाउन पाउँदा आत्मगौरव र सन्तोष मान्छु । समाज सेवा र अरुको हित नै मानिसको परम धर्म हो । 

अन्त्यमा दामन पोष्टको माध्यमबाट संघर्ष गर्नेहरुलाई के भन्न चाहनुहुन्छ ?

मान्छेको जीवनमा उतार चढाव भइरहन्छ । कुनै काममा असफलता भयो भनेर बीचमै छाड्नु हुँदैन । बरु लगनशील भई लागि रहनुपर्छ । त्यसो गरेर निरन्तरता दिएमा उक्त काम पक्कै सफल हुन्छ । काम सफल हुनु भनेको आफैं सफल हुनु हो । 

मैले त कयौं संघर्ष गरेको छु । तसर्थ लोकप्रिय यस दामन पोष्ट राष्ट्रिय मिडीया मार्फत म  जीवनमा कत्ति पनि हतोत्साही नहुन सबैलाई आग्रह गर्दछु । 

प्रस्तुतिः सुवास केसी, मधुरकवि उपाध्याय



0 comments

Write Down Your Responses