Powered by Blogger.
नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्मर २ को कार्यकर्ता प्रशिक्षण सम्पन्न


पालुङ, ३ माघ । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्मर २ को आयोजनामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

नेपाली काँग्रेसको तर्फबाट मकवानपुरका समानुपातिक सभासद महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्य तथा जिल्ला सभापति रघुरमण न्यौपानेको विशेष आतिथ्यमा भएको कार्यक्रममा उत्तरी मकवानपुरका काँग्रेस कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि उपाध्यायले बर्तमान अवस्थामा नेपाली काँग्रेसको तर्फबाट देशमा विद्यमान समस्याको समाधानको लागि पहल भइरहेको र छिट्टै समस्या समाधान हुने कुरामा ढुक्क भएको बताउनु भयो । 

असल र समुन्नत समाज निर्माणमा काँग्रेसको भूमिका र काँग्रेसको मर्म र भाव कार्यकर्ताले बुझ्न जरुरी भएकोले कार्यक्रमको आयोजना गरिएको विशेष अतिथि न्यौपानेले जानकारी गराउनु भयो । कार्यकर्ताहरुलाई कृष्ण अधिकारी र बिश्वरमण न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । 

२ नम्मर क्षेत्रिय सचिव पुष्कर केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर २ नंं क्षेत्रको तर्फबाट संविधान सभा उमेदवार जयराम लामिछाने, केन्द्रीय सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses