Powered by Blogger.
उत्तरी क्षेत्रमा महिला उद्यमी विकास समिति गठन


पालुङ, ३ माघ । मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिद्वारा आयोजना गरिएको महिला उद्यमीहरुको भेलाले उत्तरी क्षेत्रमा महिला उद्यमी विकास समिति गठन गरेको छ । 

महिला उद्यम विकास समिति मकवानपुरका सभापति निलम पाण्डे, मकवानपुर उद्योगा वाणिज्य संघ कार्य समिति सदस्य निलम वैद्य, उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्री, संस्थापक सभापति विमल कुमार ढकाल, महासचिव सुरेन्द्रमान प्रधान लगायतको उपस्थितिमा भएको भेलाले महिला समितिको सभापति आरती श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । 

समितिको उपसभापति सीता ढकाल , सचिवमा संगीता बलामी, कोषाध्यक्षमा शान्ति मल्ल चयन भएका छन् । यसैगरी समितिका सदस्यमा मन्दिरा बर्तौला, सुशिला विष्ट, सुनिता बस्नेत, राममाया केसी, हिरा लामा, सरस्वती विष्ट र शोभिता गोपाली चयन भएका छन् ।

भेलाको असवरमा संस्थापक सभापति विमलकुमार ढकाल, महिला उद्यम विकास समिति मकवानपुरका सभापति निलम पाण्डे, मउवा संघ कार्यसमिति सदस्य निलम वैद्य, उत्तरी क्षेत्र समितिका सभापति खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses