Powered by Blogger.
जापानमा रहेका मकवानपुरे संगठित


जापान, ३ माघ । मकवानपुर जिल्लाका विभिन्न स्थानमा घर भई अध्ययनका शिलशिलामा जापान पुगेका युवाहरु संगठित भएका छन् ।  

उनिहरुले सोमबार टोकियोमा एक भेला आयोजना गरि जापान मकवानपुर समाज गठन गरेका हुन् ।बच्चुराम अर्यालले अध्यक्षता गठित समाजमा श्रीराम रिजाल उपाध्यक्ष, सुदर्शन अर्याल सचिव, झलकप्रसाद बास्तोला सह सचिव तथा प्रदिप अधिकारी कोषाध्यक्ष रहेका छन् । 

त्यस्तै समाजका अन्य सदस्यहरुमा सुरेश लामा, सुरेश कुमार मोक्तान, नविन अर्याल, सुरज बर्तौला, सरोज महत र विशाल तिवारी रहेका छन् ।

जापानमा मकवानपुरेहरुको संख्या उल्लेख्य रहेता पनि औपचारिक समाज गठन भने पहिलो पटक गरिएको हो ।  जापानमा रहेका युवाहरुलाई संगठित गरि अध्ययन तथा कामका क्रममा आईपर्ने समस्याहरुको सामुहिक समाधान खोज्नका लागि सहज होस भन्ने उद्देश्यले समाज गठन गरिएकोबताइएको छ । 

 समाजले अन्य मुलुकमा रहेका मकवानपुरेहरुसंग समेत समन्वय तथा सहकार्य गर्दै अगाडी बढ्ने छ ।

0 comments

Write Down Your Responses