Powered by Blogger.
जनप्रियका विद्यार्थी भित्ते पत्रिकामा जुटे


मकवानपुर, ३ माघ ।  हेटौडा उप महानगरपालिका १९ चिसापानी हटियाको जनप्रिय उच्च माबि दिव्य सेवा बाल क्लबको बैठकले फागुन महिना देखि भित्ते पत्रिका प्रकाशन गर्ने भएको छ ।

वाल वालिकामा अन्तर्निहित प्रतिभाको विकास गरि अनुशाशीत बनाउने र पठनपाठनमा जागरण ल्याउने उद्देश्य अनुरुप भित्ते पत्रिका प्रकाशन गर्ने अध्यक्ष प्रतिक्षा वर्तौलाले जानकारी दिन्ु भयो । 

अध्यक्ष प्रतिक्षा गर्तौलाको अध्यक्षतामा बसेको वैठकले पत्रिका प्रकाशनको लागि ७ सदस्यीय सम्पादक मण्डल गठन गरि जिम्मेवारी बाँडफाड समेत गरेको छ । सम्पादक मण्डलमा प्रतिक्षा गर्तौला ,सबिन ढकाल ,अस्मिता रुम्बा ,रमिता ढकाल ,अरुण बिश्वकर्मा ,सलिना श्रेष्ठ र दिपिका तिमल्सिना रहेका छन् । 

पत्रिकामा शिक्षा ,स्वास्थ ,मनोरञ्जन लगायत ज्ञान बिज्ञान लघु कथा, चुटकिला , वालवालिकासंग सम्बन्धित लेख रचना समाबेश गरिने छ । 

यसैगरि प्रत्येक शुक्रबार बिद्यालयमा साप्ताहिक रुपमा रचनात्मक एबम् सिर्जनात्मक क्रियाकलाप समेत गरिने अध्यक्ष बर्तौलाले बताउनु भयो । 

0 comments

Write Down Your Responses