Powered by Blogger.
रिचार्ज कार्ड किन्दा सचेत हुन टेलिकमको आग्रह


काठमाडौं, ५ माघ । नेपाल टेलिकमका एकसय रुपैयाँ दरका दुईसय वटा रिचार्ज कार्डहरु चोरी भएको छ । 

चोरी भएका ती कार्डहरु नकिन्न टेलिकमले ग्राहकलाई सचेत समेत गराएको छ । सिरियल नम्बर १११५०८०३८१९२०००१ देखि १११५०८०३८१९२०२०० सम्मका रिचार्ज कार्ड आयात गर्ने क्रममा चोरी भएकाले ती कार्डहरु नकिन्न टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले आग्रह गरेका छन् ।

यी नम्बरका कार्ड रिचार्ज नहुने पनि टेलिकमले जनाएको छ । त्यस्तै, टेलिकमले ती कार्डहरु भेटिएमा वा त्यसबारेमा कुनै जानकारी पाएमा नजिकको टेलिकम कर्यालयमा सूचना दिन पनि आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses