Powered by Blogger.
दामनमा हिमपात, आन्तरिक पर्यटकको चहलपहल सुरु


दामन, ५ माघ । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित दामन सिमभञ्याङ क्षेत्रमा मंगलबार साँझ हिमपात भएको छ ।

बिहानै देखि अत्याधिक चिसो वढिरहेकोमा झन् हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । ‘हिँउ फुस्फुसाएपछि बाहिर निस्कन सकेका छैनौँ’, सिमभञ्याङमा अस्थाई टहरामा बसेका पिडितहरुले भने, ‘अगेनाको छेउमा आगो तापेर बसेका छौँ।’ 

नामटारका अधिकाँश भूकम्प पिडित जस्ता पाताले छाएको टहरोमा बसेका र त्रिपाल, टेन्ट मुनि बसोबास गर्दै आएकालाई हिमपातले सताएको छ । ‘अत्याधिक चिसो बढेसँगै हिउँ पर्न थालेकोे छ,’ अस्थाई शिविर व्यवस्थापन समितिका अध्यक्ष सिताराम मोक्तानले भने । बाक्लो हिँउ प¥यो भने टहरामा बसेका भूकम्पपीडितको बिचल्ली हुने अवस्था छ । 

पीडितहरु पछ्यौरा, ओढ्ने र मुढा बालि आगो तापेर बसिरहेका छन् । मंगलबार बेलुका यस क्षेत्रमा पानी तथा बाक्लो हिँउ पर्ने सम्भावना प्रवल रहेकोे छ । पानी र हिमपात नभएका बेला पनि स्याठँले सिमभञ्याङमा बस्न नसकिने भएको छ ।  दामन सिमभञ्याङ करिव करिव २६ सय मिटर उचाइमा पर्छ ।



त्यस क्षेत्रमा ४६ वटा टहरा छन् । चिसोले वृद्धवृद्धा र बालबालिका समस्यामा परेको मोक्तान जानकारी दिए । यता अबको एकदुई दिन राम्रोसँग घाम नलाग्ने भएकाले केही चिसो  हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

हिजो २० डिग्री अधिकतम तापक्रम भए पनि आज १७ डिग्रीसम्म रहने महाशाखाले जनाएको छ ।  आज अपरान्हदेखि रातीसम्ममा पूर्वी नेपालको उच्च पहाडी क्षेत्रमा वर्षा हुन सक्ने तथा हिमाली क्षेत्रमा हिमपातसहित वर्षा हुन सक्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

दामनमा हिँउ परेसंग स्गानीय होटलहरुमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

तस्बिरः बिनोद लामाको फेसबुकबाट (२०७२ माघ ५ गते मंगलबार राती ९ः१९ बजे)


साँझ भएको हिमपात


0 comments

Write Down Your Responses